हावाहुरीले ढाल्यो प्राधिकरणको वितरण प्रणाली, एक करोड नागरिक अन्धकारमा

५ बर्ष अगाडि

     काठमाडौँ । सरकारको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले वैशाख ३० गते आइतबार रातीदेखि लागू हुने गरी औद्योगिक करिडोरमा लोडसेडिङको अन्तय गर्यो ।

 

विशेष गरी विरगन्ज, विराटनगर, हेटौडा औद्योगिक क्षेत्रमा दैनिक रहेको तीन घण्टा लोडसेडिङ अन्त्य भएको घोषणा गरिएकै साँझ बाट तराईमा चलेको हावाहुरीका कारण प्राधिकरणको प्रसारण प्रणालीमा ठूलो क्षित भएको छ ।

 

प्राधिकरणले के कति क्षति भयो भन्ने बारेमा हाल जानकारी आइसकेको छैन ।

 

तराई मधेशका धेरै जसो प्रसारण प्रणाली ध्वस्त भएको छ । प्राधिकरणले मर्मत सम्भारमा ध्यान नदिएको भन्दै हिजो रातीदेखि तराई मधेश पूर्ण रुमपा अन्धकार हुन पुगेको छ । करिब एक करोड नागरिक प्रभावित भएका छन् ।

 

हावा हुरीले विशेष गरी ३३ केभी र ११ केभी प्रसारण लाइन क्षति ग्रस्त भएका छन् । ३०० भन्दा बढी ट्रान्सफर्मर ढलेका छन् ।

 

समस्या समाधानको प्रयास भएपनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । कतिपय स्थानमा प्राधिकरणको मर्मत टोली समेत पुगन सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हावा हुरी महेन्द्रनगरबाट प्रवेश गरेको थियो । महेन्द्य्रनगरबाट प्रवेश गरेको हावा हुरीले धनगढी, कोहलपुर, दाङ, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, विराटनगर, दुहवी, तथा अनरामणि सम्म प्रभावित भएको छ ।

 

यस्तै पूर्वाञ्चलको पहाडी क्षेत्रमा उपलब्ध गराइएको विद्युत् सेवा समेत अवरुद्ध भएको छ । हावा हुरीका कारण संखुवासभा, भोजपुर, इलाम, झापाको वितरण प्रणाली समेत क्षति भएको छ ।

 

हावाहुरीका कारण आइतबार राति तराई–मधेश क्षेत्रस्थित नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको र त्यसलाई सञ्चालनमा ल्याउन अझै केही  दिन लाग्ने भएको छ ।

 

     प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको छ ।

 

     महेन्द्रनगरबाट शुरु भएको हावाहुरीले सयौँ घर तथा आवासको छाना उडाउनुका साथै प्राधिकरणको वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ ।

 

     हावाहुरीका कारण ढलेको खम्बा तथा तार तान्ने काम सम्पन्न गर्न कम्तीमा पनि दुई दिन लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । । विराटनगर क्षेत्रको ६० प्रतिशत प्रसारण प्रणालीलाई पुनःसञ्चालनमा ल्याइएको भएपनि ग्रामीण क्षेत्रमा समस्या पैदा भएको छ ।

 

 ठूला प्रसारण लाइनमा क्षति नपुगेको भए पनि ३३ केभी र ११ केभीका प्रसारण लाइन हावाका कारण बढी प्रभावित भएका छन् ।

 

     यस्तै कालीगण्डकी–बुटवल खण्डको १३२ केभी प्रसारण लाइनको एउटा सर्किटमा समेत समस्या आएको छ । प्राकृतिक विपत्तिका कारण परेको समस्या समाधान गर्न प्राधिकरण लागि परेको उल्लेख गरेको छ ।

 

     महेन्द्रनगर, कोहलपुर, नेपालगञ्ज, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, दुहवी र अनारमनिसम्म सबैभन्दा बढी प्रभाव परेको छ ।

 

     वितरण प्रणाली सुधार गर्न प्राधिकरणले उल्लेख्यमात्रामा जनशक्ति परिचालन गरेको जनाएपनि हावाहुरी प्रभावित क्षेत्रमा उलेख्य मात्रामा जनशक्ति परिचालित हुन सकेको छैन ।

 

हावाहुरीका कारण पोल तथा तार ढलेको र लत्रेको भए प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा जिल्ला कार्यालयलाई जानकारी दिनसमेत आग्रह गरेको छ । आग्रह गरेर भएन, समस्या समाधानमा ध्यान दिनुपर्यो भन्दै जनस्तरबाट आक्रोशका स्वरहरु आएका छन् ।

 

प्राधिकरणले आइतबार साँझदेखि नै औद्योगिक करिडोरको विद्युत्भार कटौती अन्त्य गरेको थियो । तर रातभर चलेको हावाहुरीका कारण प्रणालीमा समस्या आउँदा तराईको जनजीवनसमेत प्रभावित हुन पुगेको छ । कतिपय स्थानमा के–कति क्षति भयो भन्ने विवरण आउनसमेत बाँकी रहेको छ । हावाहुरीका कारण पूर्वाञ्चलको पहाडी क्षेत्रको प्रसारण प्रणालीसमेत अवरुद्ध भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया