काठमाडौं- गोर्खाज फाइनान्स लिमिटेडले १२ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले संस्थापक सेयरधनी पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिनु पर्ने भएकाले हाल यसै कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर खरीद गर्नका लागि निवेदन दिन सक्नेछन्।
सो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित चारखालरोडमा रहेको कम्पनीको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट लिखित जानकारी प्राप्त हुन नआएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।
प्रतिक्रिया