सांग्रिला डिष्टिलरीको व्यावसायिक उत्पादन सुरु

आइतबार, १० फागुन २०८२, १४ : २२

काठमाडौं- चितवनको ब्रह्मनगर क्षेत्रमा स्थापना गरिएको सांग्रिला डिष्टिलरी लिमिटेडले व्यावसायिक उत्पादन औपचारिक रूपमा सुरु गरेको छ। उत्पादन क्षमता, पूर्वाधार र प्रविधिको दृष्टिले यो उद्योग देशकै ठूलो र उन्नत डिष्टिलरीमध्ये एकका रूपमा उभिएको कम्पनीले जनाएको छ।

सिमलटाडी क्षेत्रमा करिब ८० हजार वर्गफिट भूभागमा फैलिएको उद्योग परिसरमा आधुनिक संरचना निर्माण गरिएको छ। यहाँ अत्याधुनिक मदिरा भण्डारण प्रणाली, ब्लेन्डिङ ट्यांक, होल्डिङ ट्यांक तथा पूर्ण स्वचालित उत्पादन मेसिनरी जडान गरिएको छ। अन्तर्राष्ट्रिय उत्पादन मापदण्डलाई ध्यानमा राखेर डिजाइन गरिएको संरचनाले गुणस्तर र सुरक्षा मापदण्ड पूरा गर्ने कम्पनीको दाबी छ।

डिष्टिलरीले २५ यूपी, ३० यूपी, ४० यूपी र ७० यूपी श्रेणीका विभिन्न मदिरा उत्पादन गर्ने जनाएको छ। कम्पनीका प्रमुख ब्रान्डहरूमा तेजस गोल्ड ह्विस्की, तेजस ब्ल्याक ह्विस्की, रिफ भोड्का र भी८ प्रिमियम भोड्का रहेका छन्। यी उत्पादनमा उन्नत फिल्टरेसन प्रणाली र आयातित स्कटिस माल्टको प्रयोग गरिने बताइएको छ, जसबाट स्थिर गुणस्तर र अन्तर्राष्ट्रिय स्तरको स्वाद सुनिश्चित गरिने कम्पनीको भनाइ छ।

उद्योग सञ्चालनको प्रारम्भिक चरणमै २०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। यसबाहेक कच्चा पदार्थ आपूर्ति, कृषि उत्पादन, ढुवानी, वितरण र अन्य सहायक क्षेत्रमा अप्रत्यक्ष रोजगारीका अवसरसमेत सिर्जना भएको कम्पनीले जनाएको छ।

मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमार्फत राष्ट्रिय राजस्व संकलनमा पनि उद्योगले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। 

 
 
आइतबार, १० फागुन २०८२, १४ : २२

प्रतिक्रिया