काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलले १२ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन्।
उक्त सेयर खरीदका लागि कम्पनीले संस्थापक सेयरधनीलाई ३५ दिनको समयावधि दिएको छ। सेयर खरीद गर्न चाहने सेयरधनीले आफूले किन्न चाहेको सेयर संख्या समेत उल्लेख गरी मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नु पर्नेछ।
सो अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरीदका लागि निवेदन प्राप्त नभएमा वा आंशिक सेयर खरीदका लागि मात्र निवेदन प्राप्त भएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रिया