प्रभु बैंकद्वारा ‘Accounting for Growth’ कार्यक्रम सम्पन्न

बुधबार, ०४ चैत्र २०८२, १७ : ३२

काठमाडौं  प्रभु बैंक लिमिटेड ले ‘ग्लोबल मनि विक–२०२६’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियानलाई तीव्रता दिएको छ। 'Smart Money Talks' भन्ने नाराका साथ सुरु गरिएको यस अभियानअन्तर्गत बैंकले विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।

यसै क्रममा प्रभु बैंकको बौद्ध शाखाले Accounting for Growth” शीर्षकमा विशेष कार्यक्रम आयोजना गरेको छ। बौद्धस्थित होटल अनुत्तरामा आयोजित उक्त एकदिने कार्यक्रममा सूक्ष्म, साना तथा मझौला उद्यम(MSME/SME) क्षेत्रमा आबद्ध ४७ जना व्यवसायीको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी व्यवसायीहरुलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रक्रिया, कागजात तथा बैंकबाट ऋण प्राप्त गर्न आवश्यक योग्यता सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, व्यवसाय विस्तारका लागि वित्तीय संस्थासँग कसरी प्रभावकारी सहकार्य गर्ने भन्ने विषयमा समेत उपयोगी मार्गदर्शन दिइएको थियो।
बैंकका अनुसार, यस्ता कार्यक्रममार्फत व्यवसायीहरुलाई वित्तीय पहुँच सहज बनाउने तथा उनीहरुको आर्थिक सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

हाल प्रभु बैंकले देशभर फैलिएका ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै अघि बढिरहेको जनाएको छ।

 
 
 
बुधबार, ०४ चैत्र २०८२, १७ : ३२

प्रतिक्रिया