ललितपुरको रोयल ट्युलिपमा ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा सञ्चालन

बुधबार, १८ चैत्र २०८२, १७ : ०५

काठमाडौं- नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई सम्बोधन गर्दै ट्रान्क्यूलिटी स्पाले ललितपुरको ग्वार्कोस्थित 'रोयल ट्युलिप काठमाडौं'मा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। आधुनिक पूर्वाधार र अनुभवी थेरापिस्टहरूको संयोजनमार्फत ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यो शाखा विस्तार गरिएको हो।

पूर्ण रूपमा सुविधा सम्पन्न यस नयाँ शाखामा थर्मल हाइड्रो थेरापी, परम्परागत मसाज थेरापी, गुणस्तरीय सैलुन, स्विमिङ र जिम जस्ता वेलनेसका सम्पूर्ण सुविधाहरू उपलब्ध छन्। ललितपुर क्षेत्रका ग्राहकहरूले पूर्ण सुविधासहितको हेल्थ क्लब र वेलनेस शाखाको माग गरेपछि कम्पनीले यस क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ।

विगत दुई दशकदेखि स्पा तथा वेलनेस संस्कृतिको प्रवर्द्धन गर्दै आएको ट्रान्क्यूलिटी स्पाले हाल देशभर १८ भन्दा बढी शाखाहरू सञ्चालन गरिसकेको छ। कम्पनीका अधिकांश शाखाहरू द सोल्टी काठमाडौं, र्याडिसन होटल, रमादा बाई विन्डहम, होटल शंकर, चन्द्रागिरी हिलस् रिजोर्ट, र फिसटेल लज जस्ता प्रतिष्ठित होटल तथा पर्यटकीय गन्तव्यहरूमा रहेका छन्। नेपालका अतिरिक्त मलेसियामा रहेको शाखाबाट समेत कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

कम्पनीका प्रमुख परिचालन अधिकारी रनिल फैजुले नयाँ शाखाको सञ्चालनले राजधानीमा उच्चस्तरीय वेलनेस सेवाको पहुँच अझ विस्तार हुने विश्वास व्यक्त गरेका छन् । व्यस्त जीवनशैलीका बीच शारीरिक र मानसिक सन्तुलन कायम राख्न स्पा सेवाको आवश्यकता बढ्दै गएको उनको भनाइ छ।

त्यस्तै, कम्पनीका अध्यक्ष भुवन फैजुले प्रमुख पर्यटकीय र आतिथ्य क्षेत्रमा गुणस्तरीय स्पा सेवा विस्तार गर्नु संस्थाको दीर्घकालीन रणनीति रहेको बताए। उनका अनुसार यस पहलले नेपालको वेलनेस पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। हाल ट्रान्क्यूलिटी स्पाले यस उद्योगमार्फत देशभर करिब २५० जनालाई रोजगारी प्रदान गर्दै आएको छ। नयाँ शाखाको सुरुवातसँगै होटलका पाहुना तथा स्थानीय सेवाग्राहीहरूले एकै स्थानमा प्रिमियम आतिथ्य र वेलनेस सुविधा उपभोग गर्न सक्नेछन्।

 
 
बुधबार, १८ चैत्र २०८२, १७ : ०५

प्रतिक्रिया