हावाहुरीले चुडायो काठमाडौँ प्रसारण लाइनको जम्पर

५ बर्ष अगाडि
 
 
काठमाडौं । हावाहुरीका कारण स्युचाटार– मस्र्याङदी १३२ केभी प्रसारण लाइनको जम्पर टुटेको छ ।
 
काठमाडौ उपत्यकामा विद्युत् आयात गर्ने उक्त  प्रसारण लाइनको जम्पर टुटेपछि काठमाडौँ उपत्यकामा केही समय लोडसेडिङ हुन पुगेको छ ।
 
जम्पर टुटदा काठमाडौँ आयात हुने सम्पूर्ण विद्युत् प्रसारण बन्द भएको छ ।
 
जम्पर टुट्न गएका कारण मस्र्याङदी करिडोरबाट काठमाडौ आउने करिब १०० मेगावाट बिद्युत प्रवाह बन्द हुनपुगेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
 
सो प्रसारण लाइनबाट भरतपुर तर्फ मात्रै  १०० मेगावाट बिद्युत प्रसारण भइरहेको छ ।
 
काठमाडौँको विद्युत् आपूर्तिका लागि कुलेखानी पहिलो र दोस्रो सञ्चालनमा ल्याइएको छ । जम्पर जोड्नकालागी प्राबिधिक टिम स्युचाटार गइसकेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुभयो ।
५ बर्ष अगाडि

प्रतिक्रिया