कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

आइतबार, २९ चैत्र २०८२, १२ : ५४

काठमाडौँ- गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ अप्रिल १० र ११ मा प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्स मा सफलतापूर्वक सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल १३० जना गल्फ खेलाडी सहभागी भएका थिए ।

प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड फम्र्याट मा ¾ ह्यान्डिक्याप का आधारमा खेलाइएको थियो । पुरुषतर्फ कर्बिर तामाङ ४८ काउन्टब्याक स्कोरसहित विजेता बने भने अश्मांक कार्की समान ४८ काउन्टब्याक स्कोरसहित रनर– अप भए ।

बेस्ट ग्रस विनर को उपाधि हरि बहादुर थापाले ३५ स्कोरसहित जिते। महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता बनिन् भने तारा कार्की चित्रकार ३४ काउन्टब्याक स्कोरसहित रनर–अप रहिन् । सिनियरतर्फ ६५ वर्षमाथि पुरुष समूहमा मेजर जनरल विजय मोक्तान विजेता तथा क्याप्टेन मोहन गुरुङ रनर– अप बने। सुपर सिनियर (७५ वर्षमाथि) तर्फ क्याप्टेन मणि लाल थापा विजेता बने ।

p1

महिलातर्फ सिनियर (६० वर्षमाथि) मा देवी पुलामी तथा सुपर सिनियर (७० वर्षमाथि) मा सन्ध्या राई विजेता घोषित भए ।

विशेष विधातर्फ हरि बहादुर थापा ले होल नम्बर १२ मा Hole in One गर्दै प्रतियोगिताको विशेष आकर्षण बने । Most Birdies अवार्ड कर्बिर तामाङ ले ४ बर्डीसहित जिते । त्यस्तै,Longest Drive (Hole ११) मा सरोज थापा, Closest to the Pin (Hole १२) मा खिम गौचन, तथा Sportsmanship Prize ब्रिगेडियर जनरल शशि किरण रायमाझी ले प्राप्त गरे ।  प्रतियोगितामार्फत sportsmanship, camaraderie र premium sporting lifestyle प्रति आफ्नो प्रतिबद्धता पुनः स्थापित गरेको आयोजकले जनाएको छ । रोयल नेपाल गल्फ कोर्समा सम्पन्न यस प्रतियोगिताले सहभागीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धासँगै Carlsberg signature brand experience प्रदान गरेको थियो ।
 

 
 
आइतबार, २९ चैत्र २०८२, १२ : ५४

प्रतिक्रिया