इजरायलसहित ४ देशको पुनः श्रम स्वीकृति सुरु

बुधबार, ०२ बैशाख २०८३, १३ : ३३

काठमाडौं- वैदेशिक रोजगार विभागले यसअघि स्थगन गरिएका चार देशमा पुनः श्रम स्वीकृति फेरि दिन थालेको छ। विभागका अनुसार इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति सुरु गरिएको हो। 

यसअघि नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत फागुन १७ को मन्त्रीस्तरीय निर्णयबाट साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुरु गरिएको थियो। अहिले थप ४ देशमा पुनः सुरु गरिएको छ। 

विभागका अनुसार इराकको हकमा भने मन्त्रिपरिषद्को गत पुस ११ को निर्णयअनुसार हुनेगरी श्रम स्वीकृति दिइने मन्त्रालयले चैत ३० गते निर्णय गरेको छ। 

 
बुधबार, ०२ बैशाख २०८३, १३ : ३३

प्रतिक्रिया