टिभियस् मोटर कम्पनीको ऐतिहासिक सफलताः १ लाख ५० हजार प्रयोगकर्ताको साथ

विहीबार, ०३ बैशाख २०८३, १३ : ४४

काठमाडौँ-  नेपालका लागि टिभियस् मोटर कम्पनी को आधिकारिक विक्रेता जगदम्बा मोटर्सले NTORQ स्कुटर प्रयोगकर्ताको सङ्ख्या १ लाख ५० हजार पुगेको अवसरमा विशेष उत्सव मनाएको छ । नेपाली बजारमा आफ्नो बलियो उपस्थिति र लोकप्रियतालाई थप मजबुत बनाउँदै NTORQ ले यो ऐतिहासिक सफलता हासिल गरेको हो ।

यस खुसीयालीलाई मनाउन जगदम्बा मोटर्सले शनिवार NTORQ ओनर्स ग्रुप (NOG) राइडको आयोजना ग¥यो । TVS को नक्साल शोरुमबाट सुरु भएको उक्त यात्रा शिवपुरीस्थित ग्रिन भ्याली रिसोर्ट पुगेर समापन भएको थियो । राइडमा ५० जनाभन्दा बढी ग्राहकहरूका साथै २० जनाभन्दा बढी कन्टेन्ट क्रिएटर, मोटो भ्लगर र सञ्चारकर्मी गरी कुल ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

photo (1) (1)

यो कार्यक्रम केवल एउटा यात्रा मात्र नभई NTORQ प्रेमीहरूका लागि एक साम्प्रदायिक उत्सव नै थियो । सहभागीहरूले सुरक्षित यात्रा र सामूहिक राइडिङ सम्बन्धी तालिम प्राप्त गर्नुका साथै एक–आपसमा आफ्ना अनुभवहरू समेत साटासाट गरेका थिए। मनोरञ्जनका लागि विभिन्न खेल र गतिविधिहरू समावेश गरिएको उक्त कार्यक्रममा विजेताहरूलाई आकर्षक उपहार र सबै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले यस अवसरमा बोल्दै भने “नेपालमा १ लाख ५० हजार चालकहरूको साथ पाउनु TVS NTORQ का लागि गौरवको विषय हो। यो हाम्रा ग्राहकहरूको अटुट विश्वास र उत्साहको प्रमाण हो। हामीले यो NOG राइडमार्फत ग्राहकहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मनोरञ्जनात्मक र जिम्मेवार राइडिङको अनुभव प्रदान गर्ने प्रयास गरेका छौँ ।”

यस कार्यक्रमले नेपालका युवा र उत्साही राइडरहरू माझ TVS NTORQ को बलियो सम्बन्धलाई फेरि एक पटक उजागर गरेको छ। उत्कृष्ट कार्यक्षमता, स्टाइल, र आधुनिक प्रविधिका लागि चिनिने NTORQ ले यो कार्यक्रममार्फत आफ्नो ब्रान्ड परिचयलाई थप उचाइमा पु¥याएको छ । यो महत्त्वपूर्ण उपलब्धि पार गरेसँगै TVS NTORQ नेपाली युवाहरूको पहिलो रोजाइको स्कुटरको रूपमा स्थापित भएको छ र जगदम्बा मोटर्स आगामी दिनहरूमा पनि यस्तै सृजनशील कार्यक्रममार्फत आफ्ना प्रयोगकर्ताहरूलाई जोड्न प्रतिबद्ध देखिएको छ ।
 

 
विहीबार, ०३ बैशाख २०८३, १३ : ४४

प्रतिक्रिया