हिमालयन रियल्टर्सलाई घरजग्गा ब्रोकर र राष्ट्रव्यापी ‘भु–सेवा’ अनुमति

घरजग्गा कारोबार अब पुर्णतः डिजिटल र पारदर्शी हुने

आइतबार, ०६ बैशाख २०८३, १३ : ००

काठमाडौँ- नेपाल घरजग्गा व्यवसायलाई मर्यादित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ क्रियाशील हिमालयन रियल्टर्सले ‘रियल इस्टेट ब्रोकर’ र भुमि व्यवस्थापन तथा अभिलेख विभागबाट राष्ट्रव्यापी ‘भु–सेवा’ ( Bhu–Sewa) संचालनको पुर्ण इजाजतपत्र प्राप्त गरेको छ । 

विगतमा प्रशासनिक जटिलता र प्रत्येक मालपोत कार्यालयबाट छुट्टाछुट्टै अनुमति लिनुपर्ने झन्झटका कारण एकीकृत सेवा प्रवाहमा केही अवरोध सिर्जना भएतापनि, विभागले उपलब्ध गराएको यो राष्ट्रव्यापी अनुमतिसँगै अब देशभरका जुनसुकै स्थानका घरजग्गा कारोबारलाई एकै स्थानबाट सहजीकरण गर्ने मार्गप्रशस्त भएको छ । कम्पनीले यी अनुमतिहरूको माध्यमबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक डिजिटल प्रणालीमार्फत एकीकृत र एकद्वार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

WhatsApp Image 2026-04-17 at 5.37.24 PM

वर्तमान कानुनी व्यवस्था अनुसार, सरकारले हालका लागि यो सेवा महानगरपालिका र उप–महानगरपालिका क्षेत्रभित्रका ३ करोड रुपैयाँभन्दा माथिका संस्थागत (Entities) कारोबारहरूमा मात्र सीमित गरेको छ । यद्यपि, हिमालयन रियल्टर्सले निकट भविष्यमै यसको क्षेत्राधिकार विस्तार भई नगरपालिका क्षेत्रहरू, ३ करोडभन्दा कमका कारोबारहरू र व्यक्तिगत (Individual) खरिद–बिक्री लाई समेत यसै प्रणालीमा समेटिने दृढ विश्वास लिएको छ। यस विस्तारले नेपालको विशाल घरजग्गा बजारलाई अझ बढी व्यवस्थित र सुलभ बनाउनेछ ।

हाम्रो यस सेवाको मुख्य उद्देश्य घरजग्गा प्रशासन र कारोबारमा रहेका विद्यमान जोखिमहरूलाई न्युनीकरण गर्दै पुर्ण सुरक्षा प्रदान गर्नु हो । सरकारले घरजग्गा क्षेत्रलाई पनि शेयर बजार जस्तै पुर्णतः ‘नन फेस–टु–फेस’ (अप्रत्यक्ष उपस्थिति) र पुर्ण रूपमा बैंकिङ प्रणालीमा आधारित बनाउने जुन दीर्घकालीन लक्ष्य राखेको छ, त्यसलाई साकार पार्न हिमालयन रियल्टर्सले अग्रणी भुमिका खेल्नेछ ।

हामी यस नयाँ सुरुवातसँगै आफ्ना सम्मानित ग्राहकहरूलाई छिट्टै सुरक्षित, आधुनिक र विश्वसनीय घरजग्गा सेवा प्रदान गर्न पुर्ण रूपमा तयार रहेको जानकारी गराउँदछौँ ।
 

 
आइतबार, ०६ बैशाख २०८३, १३ : ००

प्रतिक्रिया