९ महिनामा साढे १० अर्बको अलैँची निर्यात

मंगलबार, ०८ बैशाख २०८३, १२ : १८

काठमाडौं- चालु आर्थिक वर्ष आ.व. २०८२/८३ को ९ महिना अर्थात चैत सम्म नेपालबाट साढे १० अर्ब रुपैयाँ भन्दा धेरैको अलैँची निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चैत मसान्तसम्म नेपालले १० अर्ब ७० करोड रुपैयाँको ५ हजार २ सय ९५ मेट्रिक टन अलैँची निर्यात गरेको हो ।

गत आवको सोहि अवधिमा नेपालले ६ अर्ब २६ करोड रुपैयाँको ३ हजार ४४४ मेट्रिक टन मात्रै अलैँची निर्यात गरेको थियो ।

 
मंगलबार, ०८ बैशाख २०८३, १२ : १८

प्रतिक्रिया