नेपालका तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्क द्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

बुधबार, ०९ बैशाख २०८३, १३ : ४९

काठमाडौँ- वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको पहिचान र विकास गर्ने उद्देश्यसहित आफ्नो राष्ट्रिय प्रतिभा खोज कार्यक्रम ‘बीट द स्पीड –सिजन ३’ को औपचारिक घोषणा गरेको छ ।

तेस्रो संस्करणमा प्रवेश गरेको यो अभियानले युवा खेलाडीलाई आफ्नो गति, सीप र सम्भावना प्रदर्शन गर्ने अवसर प्रदान गर्दै नेपालको ग्रासरुट क्रिकेटलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।

अघिल्ला सिजनहरूको सफलतासँगै ‘बीट द स्पीड’ ले नेपाली क्रिकेटमा प्रभाव पार्दै आएको छ । गत सिजनका विजेता हिकमत महराले नगद रु. १ लाखसहित जस्ट क्रिकेट एकेडेमीमा तीन महिनाको प्रशिक्षण अवसर प्राप्त गरेका थिए । त्यसपछि उनी सुदूरपश्चिम रोयल्सबाट ‘आइकनिक प्लेयर’ का रूपमा छनोट भएका थिए भने नेपाल प्रमियर लिगमा आफ्नो पहिलो खेलमै पहिलो विकेट लिँदै चर्चा बटुलेका थिए ।

त्यस्तै, किरन चन्दलाई निर्णायकहरू ज्ञानेन्द्र मल्ल र कलाम अलीले ‘प्रोमिसिङ ट्यालेन्ट’ का रूपमा छनोट गरेका थिए । चन्दले रु. ५० हजार नगदसहित जस्ट क्रिकेट एकेडेमीमा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण प्राप्त गरेका थिए र पछि काठमाण्डु गोर्खाजको डेभलपमेन्ट स्क्वाडमा समावेश भएका थिए ।

२३ सहरमा राष्ट्रव्यापी यात्रा

सिजन–३ को सुरुवात वैशाख ४ गते जनाकपुरबाट भइसकेको छ । यससँगै कार्यक्रमले देशका २३ सहर समेट्ने राष्ट्रव्यापी यात्रा सुरु गरेको छ। तालिका यसप्रकार रहेको छः
• वैशाख ४ – जनकपुर
• वैशाख ५ – लहान र राजविराज
• वैशाख ६ – विराटनगर
• वैशाख ७ – दमक
• वैशाख ८ – इटहरी
• वैशाख १० – मलंगवा र गौर
• वैशाख ११ – सिमरा र वीरगञ्ज
• वैशाख १२ – हेटौंडा र चितवन
• वैशाख १३ – बुटवल
• वैशाख १४ – भैरहवा
• वैशाख १५ – लमही र घोराही
• वैशाख १६ – नेपालगञ्ज
• वैशाख १७ – सुर्खेत
• वैशाख १९ – धनगढी
• वैशाख २० – महेन्द्रनगर
• वैशाख २२ – बैतडी (पहिलो पटक समावेश)
• वैशाख २४ – पोखरा
• वैशाख २६ – काठमाडौं

प्रारम्भिक चरणपछि सबैभन्दा छिटो बलिङ गर्ने उत्कृष्ट १० खेलाडीलाई काठमाडौंमा हुने ग्रान्ड फाइनलका लागि छनोट गरिनेछ ।

Beat the speed S3 Mnemonic

एन्ड्र्यू लियोनार्डको सहभागिता

यस सिजनमा चर्चित क्रिकेट कमेन्टेटर एन्ड्र्यु लेनार्डको सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको छ । वल्र्डलिङ्कका चिफ मार्केटिङ अफिसर तेन्जिन चोग्यालकाअनुसार, लियोनार्डले प्रारम्भिक चरणका केही सहरमा उपस्थित भई खेलाडीहरूसँग अन्तरक्रिया गर्नेछन् भने काठमाडौंमा हुने ग्रान्ड फाइनल पनि होस्ट गर्नेछन् ।

निर्णायक र पुरस्कार

यस वर्ष पनि प्रतियोगिताको निर्णायकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहनेछन् ।

प्रतियोगिताका पुरस्कारहरूः
• विजेताः रु. १,००,०००
• प्रथम उपविजेताः रु. ५०,०००
• दोस्रो उपविजेताः रु. २५,०००

यसका अतिरिक्त, विजेता र निर्णायकले छनोट गरेको ‘प्रोमिसिङ ट्यालेन्ट’ दुवैले जस्ट क्रिकेट एकेडेमी, बेंगलोरमा तीन महिनाको पूर्ण छात्रवृत्तिसहित प्रशिक्षण अवसर प्राप्त गर्नेछन्, जसको सम्पूर्ण खर्च वल्र्डलिङ्कले व्यहोर्नेछ ।

‘बीट द स्पीड’ वल्र्डलिङ्क कम्युनिकेशन्स लिमिटेडको एक प्रमुख ग्रासरुट क्रिकेट पहल हो, जसले नेपालका तीव्र गतिका बलिङ प्रतिभाहरूको खोजी र विकासमा केन्द्रित छ । देशव्यापी पहुँच र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण अवसरको संयोजनमार्फत यो अभियानले नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

थप विवरण (सहर, समय र स्थान) का लागि वल्र्डलिङ्कले उपलब्ध गराएको आधिकारिक लिंकमार्फत जानकारी लिन सकिनेछ ।

 
बुधबार, ०९ बैशाख २०८३, १३ : ४९

प्रतिक्रिया