काटमाडौँ- नयाँ वर्ष २०८३ को अवसर पारेर DishHome ले आफ्नो Internet Service (ISP) तथा Direct-to-Home (DTH) सेवामा केन्द्रित विस्तृत वार्षिक अफर सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार पछिल्लो समय बढ्दो सञ्चालन खर्च, कन्टेन्ट लागत तथा पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरिएको भए पनि ग्राहकलाई थप मूल्य प्रदान गर्न बोनस–आधारित योजना ल्याइएको हो। यो योजना विशेषगरी वार्षिक रिन्यूअल बढाउने, उच्च गतिको इन्टरनेटमा ग्राहक आकर्षित गर्ने तथा निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने उद्देश्यले ल्याइएको बताइएको छ ।
ISP सेवाअन्तर्गत वार्षिक रिचार्ज गर्ने ग्राहकले १५ दिनदेखि ६० दिनसम्म बोनस सेवा अवधि पाउनेछन् । सेवा बन्द हुनुअघि १५ दिनभित्र रिचार्ज गर्ने ग्राहकलाई थप ३० दिन बोनस दिइनेछ, जसले कुल बोनस ४५ दिनदेखि ९० दिनसम्म पुग्न सक्छ । त्यस्तै, ३० दिनभन्दा बढी सेवा बन्द रहेका ग्राहकले पुनः रिचार्ज गर्दा ९० दिनसम्म बोनस प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
नयाँ जडानतर्फ २००Mbps वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकले “Pay for १२, Enjoy १४” अफरअन्तर्गत २ महिना अतिरिक्त सेवा पाउनेछन्। चर्न ग्राहकका लागि Dropwire तथा Relocation शुल्क निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।
DTH सेवातर्फ वार्षिक रिचार्ज गर्ने नियमित तथा चर्न ग्राहकले २ महिना बोनस पाउनेछन् भने सेवा बन्द हुनुअघि रिचार्ज गर्ने ग्राहकले थप १ महिना बोनस पाउनेछन् । यसरी अधिकतम ३ महिनासम्म अतिरिक्त सेवा अवधि प्राप्त गर्न सकिनेछ ।
यी अफरहरू केवल वार्षिक योजनामा मात्र लागू हुनेछन् । मासिक तथा छोटो अवधिका योजनामा कुनै परिवर्तन गरिएको छैन भने पुराना बोनस योजनाहरूलाई हटाएर नयाँ संरचना लागू गरिएको कम्पनीले जनाएको छ ।
ISP सेवाका अफरहरू चैत्र २०८२ देखि बैशाख २०८३ सम्म र DTH अफर बैशाखदेखि आषाढ २०८३ सम्म लागू हुने बताइएको छ ।
उद्योग विश्लेषकहरूका अनुसार यस्तो “bonus-led annual push strategy” ले ग्राहकलाई वार्षिक योजनातर्फ आकर्षित गर्ने, ARPU वृद्धि गर्ने, Churn rate घटाउने तथा उच्च गतिको इन्टरनेटको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया