काठमाडौं — विश्वशान्तिको सन्देश फैलाउने उद्देश्यले ‘Tour de Lumbini – Pedal for Peace (TDL P4P) २०२६’ नामक विशेष साइकल यात्रा आयोजना हुने भएको छ । आयोजकका अनुसार उक्त कार्यक्रम २०८३ वैशाख १५ देखि १९ गते (अप्रिल २८ देखि मे २, २०२६) सम्म सञ्चालन हुनेछ ।
कार्यक्रममार्फत लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । साइकल यात्रामा देश तथा विदेशका साइकल यात्री, युवा, खेलकुदकर्मी तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहनेछ ।
आयोजकले जनाएअनुसार यो अभियानले शान्ति, सहअस्तित्व र दिगो विकासको सन्देश प्रवाह गर्नेछ। विशेषगरी Gen-Z युवाहरूको सक्रिय सहभागितामा केन्द्रित यस कार्यक्रमले युवालाई सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
साथै, अभियानका क्रममा शान्ति प्रवद्र्धनमा योगदान पु¥याउने व्यक्तिहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि रहेको छ । विभिन्न स्थानमा स्थानीय समुदायसँग सहकार्य गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाइने आयोजकको भनाइ छ ।
सन् २०१२ देखि सञ्चालन हुँदै आएको यस अभियानले लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा शान्तिको प्रतीकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
प्रतिक्रिया