काठमाडौँ- एलआरआर मोटरस् ले काठमाडौँको गैरीधारास्थित आफ्नो अत्याधुनिक शोरुममा बैशाख ४–८ सम्म आयोजना गरेको पाँचदिने “जिली EX5 सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” भव्य सफलतासहित सम्पन्न गरेको छ । कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो, जसले नेपालको अटोमोबाइल क्षेत्रमा ग्राहक संलग्नता, सहभागिता तथा विद्युतीय सवारी (EV) सम्बन्धी जनचेतनामा नयाँ मापदण्ड स्थापित गरेको छ ।
कार्यक्रम अवधिभर उल्लेखनीय संख्यामा आगन्तुकहरूको उपस्थिति रहेको थियो, जहाँ सम्भावित खरिदकर्ता, अटोमोबाइल पारखी तथा अटोमोबाइल इन्फ्लुएन्सरहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।
शोरुममा ३५० भन्दा बढी ग्राहकहरूको निरन्तर आवागमन रहँदा सयौं संख्यामा सोधपुछ तथा प्रोडक्ट कन्सल्टेशनहरू सम्पन्न भए, जसले जिली EX5 म्याक्स तथा प्रो विद्युतीय मोडेलप्रति बजारको उच्च चासो झल्काएको छ ।
कार्यक्रमको प्रमुख आकर्षणमध्ये ठूलो संख्यामा सम्पन्न भएका टेस्ट ड्राइभहरू थिए, जसले ग्राहकहरूलाई जिली EX5 को नवीनतम EV लाइनअपको कार्यक्षमता, आरामदायित्व तथा उन्नत सुरक्षा सुविधाहरू प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान ग¥यो । यस प्रत्यक्ष अनुभवले उल्लेखनीय बुकिङ तथा बिक्रीमा रूपान्तरण भई, उक्त कार्निभललाई नेपालकै सबैभन्दा सफल शोरुम–आधारित एक्सचेन्ज कार्यक्रमहरूमध्ये एक बनाएको छ ।

ग्राहकहरूले अन–द–स्पट सवारी साटफेर (एक्सचेन्ज) सेवाको सक्रिय रूपमा उपयोग गर्दै प्रतिस्पर्धात्मक बजार मूल्याङ्कन तथा तुरुन्त वित्तीय सुविधा प्राप्त गरेका थिए । आकर्षक नगद छुट, मूल्य अभिवृद्धि सेवाहरू तथा भेहिकल–टु–लोड (B2L) कफी अनुभवजस्ता विशेष आकर्षणहरूले आगन्तुकहरूको सन्तुष्टि र संलग्नता थप वृद्धि गरेको थियो ।
कार्यक्रमको सफलताबारे प्रतिक्रिया दिँदै एलआरआर मोटर्सका सेल्स हेड, अधीर श्रेष्ठले भनेः “हाम्रो सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभलप्रति प्राप्त प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ । सहभागिताको स्तर, अन्तरक्रियाको गुणस्तर तथा टेस्ट ड्राइभ र बुकिङमा देखिएको रूपान्तरणले नेपाली ग्राहकहरूमा जिली EX5 को विद्युतीय गतिशीलताप्रति बढ्दो विश्वासलाई पुष्टि गरेको छ ।”
_7LUDz8D6Ld.jpg)
“यस कार्यक्रमले ग्राहकहरूसँगको हाम्रो सम्बन्ध अझ सुदृढ बनाउनुका साथै उपभोक्ता प्राथमिकतामा भइरहेको परिवर्तनबारे महत्वपूर्ण जानकारी पनि प्रदान गरेको छ ।” व्यावसायिक सफलताभन्दा पर, यस कार्यक्रमले ज्ञान सिर्जना तथा प्रसारको महत्वपूर्ण प्लेटफर्मको रूपमा पनि काम गरेको छ । प्रत्यक्ष अन्तरक्रिया, लाइभ प्रदर्शन तथा अनुभवात्मक सिकाइमार्फत ग्राहकहरूले EV प्रविधि, लागत दक्षता तथा वातावरणीय फाइदाबारे गहिरो बुझाइ हासिल गरेका छन् । यस्ता पहलहरूले नेपालमा ICE सवारीबाट दिगो विद्युतीय सवारीतर्फको रूपान्तरणलाई तीव्र बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन् ।
एलआरआर मोटर्सले कार्यक्रममा प्राप्त प्रमुख सिकाइहरूमध्ये पारदर्शी एक्सचेन्ज प्रक्रिया,तुरुन्त वित्तीय समाधान तथा अनुभवात्मक प्रोडक्ट एङ्गेजमेन्टप्रति बढ्दो माग रहेको निष्कर्ष निकालेको छ । कम्पनीले यी सिकाइहरूलाई आगामी ग्राहक पहुँच तथा संलग्नता रणनीतिमा समावेश गर्ने योजना बनाएको छ ।
यस कार्निभलको सफलतासँगै एलआरआर मोटर्सले नवप्रवर्तन, ग्राहक सन्तुष्टि तथा स्वच्छ ऊर्जा यातायात प्रवद्र्धनप्रति प्रतिबद्ध अग्रणी अटोमोबाइल ब्रान्डको रूपमा आफ्नो स्थान थप सुदृढ गरेको छ ।
प्रतिक्रिया