काठमाडौँमा ‘हाइड्रो पावर कस्टमर मिट’ सम्पन्न, विश्वसनीयता र उच्च कार्यक्षमतामा जोड

आइतबार, १३ बैशाख २०८३, १४ : १७

काठमाडौँ- दुगड अर्थमुभर्स प्रा. लि. ले टाटा हिटाचीसँगको सहकार्यमा “हाइड्रो पावर कस्टमर मिट” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा हाइड्रोपावर परियोजना सञ्चालक, ठेकेदार तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा टाटा हिटाचीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू— जयकारा काल्माडी (एक्सपोर्ट हेड), सौरभ गुप्ता (सार्क कन्ट्री हेड) तथा गोपी नाथ (एक्सपोर्ट एडमिन)—को उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले गरेका हुन् । कार्यक्रममा बाल्दै उनले नेपालका हाइड्रोपावर परियोजनामा दिगो सहकार्यको आवश्यकता र निजी क्षेत्रको भूमिकामाथि प्रकाश पारे । उनले एमभी दुगड समूहको व्यवसायिक पोर्टफोलियो प्रस्तुत गर्दै पूर्वाधार विकासमा समूहको योगदानबारे जानकारी दिए ।

WhatsApp Image 2026-04-25 at 3.33.53 PM

त्यस्तै, एक्सपोर्ट हेड जयकारा काल्माडीले प्राविधिक सत्रहरूमा उनले टाटा हिटाचीको इतिहास तथा अन्तर्राष्ट्रिय उपलब्धिहरू प्रस्तुत गरेका छन् । सार्क कन्ट्री हेड सौरभ गुप्ताले कार्यक्रममा बोल्दै ‘कन्ट्री हेड एक्स्काभेटर तथा ब्याकहो लोडरहरूको उत्पादन दायरा, हाइड्रो परियोजनामा प्रयोग, कार्यक्षमता तथा फाइदाबारे विस्तृत जानकारी दिएका छन् । त्यस्तै, व्यापार प्रमुख ले हाइड्रोपावर निर्माणका लागि उपयुक्त मेसिनहरूबारे प्रस्तुति दिए ।’

त्यसैगरी सोही कार्यक्रममा हाइड्रोपावर कन्ट्रक्सनको कामको लागि उपयुक्त हुने मेसिनहरूको बारेमा व्यापार प्रमुख–निरज सापकोटाले विस्तृत जानकारी दिए । 

WhatsApp Image 2026-04-25 at 3.33.52 PM

कार्यक्रमको मुख्य आकर्षण टाटा हिटाची उपकरणहरूको उच्च विश्वसनीयता (Reliability), टिकाउपन (Durability) तथा कठिन भौगोलिक अवस्थाहरूमा उत्कृष्ट प्रदर्शनमा केन्द्रित रहेको थियो । कार्यक्रममा सिनराई पावर ब्याकहो लोडर, EX २१५ Quarry एक्स्काभेटर र ZX २२० LC Ultra  एक्स्काभेटर जस्ता उपकरणहरू प्रदर्शनमा राखिएका थिए भने विशेष वारेन्टी स्किमसमेत उपलब्ध गराइएको थियो ।

यस कार्यक्रमले हाइड्रो परियोजना सञ्चालकहरूबीच अनुभव आदान–प्रदान, सहकार्य विस्तार तथा भविष्यका अवसरहरूको पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।

 
 
आइतबार, १३ बैशाख २०८३, १४ : १७

प्रतिक्रिया