किंग लङ्गको नयाँ १६ सिटर सार्वजनिक

सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा भव्य लन्च सम्पन्न

सोमबार, १४ बैशाख २०८३, १७ : ००

काठमाडौँ सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग लङ्ग १६ सिटर इलेक्ट्रिक भ्यान औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

यस नयाँ मोडेलले नेपालको व्यवसायिक विद्युतीय सवारी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ । लन्च कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का वडा अध्यक्ष श्री प्रेम थापाले रिबन काटेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

यस १६ सिटर भ्यानको मुख्य विशेषता यसको ७५.४१  kWh ब्लेड ब्याट्री हो, जुन यस सेग्मेन्टमै पहिलो हो । यो ब्याट्रीले उच्च सुरक्षा, लामो आयु र उत्कृष्ट रेंज प्रदान गर्दै दैनिक सञ्चालनलाई अझ विश्वसनीय बनाउँछ ।

WhatsApp Image 2026-04-27 at 4.57.01 PM (1)

यससँगै १२० किलोवाटको शक्तिशाली मोटरले सशक्त परफर्मेन्स सुनिश्चित गर्छ भने आरामदायी र फराकिलो इन्टेरियरले यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र सुखद बनाउँछ ।

King Long  सन् १९८८ मा चीनको सियामेनमा स्थापना भएको बस तथा कमर्शियल भेहिकल निर्माता कम्पनी हो । तीन दशकभन्दा लामो अनुभवसहित कम्पनीले बस, कोच र कमर्शियल भ्यान निर्माणमा विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ ।

सीजी मोटर्सका अनुसार यो सवारी नेपालमा बढ्दो इको–फ्रेन्डली, सुरक्षित, उच्च क्षमता र किफायती यातायात समाधानको आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो।नेपालभर किंग लङ्गले हालसम्म ५,०००+ युनिट बिक्री, २६०+ चार्जिङ स्टेशन, २०+ सर्भिस स्टेशन र १४ डिलर नेटवर्कमार्फत ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।
नयाँ किंग लङ्ग १६ सिटर रु. ७२,५०,००० को प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसले यातायात व्यवसायी र फ्लीट अपरेटरहरूका लागि आकर्षक विकल्प प्रस्तुत गर्छ ।

 
 
सोमबार, १४ बैशाख २०८३, १७ : ००

प्रतिक्रिया