नेपाल राष्ट्र बैंक

बैंकिङ क्षेत्रमा तरलता कायमै, आज पनि एक सय २० अर्ब तान्दै राष्ट्र बैंक

विहीबार, १७ बैशाख २०८३, ११ : २८

काठमाडौं- विहीबार नेपाल राष्ट्र बैंकले १२० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ९७ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो । यसको साँवाब्याज राष्ट्र बैंकले २०८३ साउन २० गते भुक्तानी गर्ने जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

 
 
विहीबार, १७ बैशाख २०८३, ११ : २८

प्रतिक्रिया