काठमाडौं- निर्माण क्षेत्रमा सक्रिय हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि. (एचबिई) को वित्तीय अवस्था पछिल्ला वर्षमा सुधारिएको देखिएको छ।
सञ्चालन आम्दानी २०२१ को १.५३ अर्बबाट २०२५ मा १.८७ अर्ब पुगेको छ भने चालु वर्षको पहिलो ६ महिनामा ६५.६ करोड आम्दानी गरेको छ। ओपीबीडीआईटीए मार्जिन पनि ४.५ प्रतिशतबाट बढेर ७.५ प्रतिशत पुगेको छ।
कम्पनीको ऋण जोखिम घट्दो क्रममा रहे पनि अर्डर बुक घट्दै जाँदा भविष्यको आम्दानीमा दबाब देखिएको छ। साथै तरलता कमजोर, उच्च लाभांश वितरण र लेखा मापदण्ड उल्लङ्घनजस्ता चुनौतीहरू कायम रहेका छन्।
प्रतिक्रिया