सगरमाथाबाट १ अर्ब बढी रोयल्टी संकलन

बुधबार, २३ बैशाख २०८३, १६ : ४५

काठमाडौं- सर्वोच्च शिखर सगरमाथाबाट चालु आरोहण सिजनमा मात्रै सरकारले १ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरेको छ।

पर्यटन विभागका अनुसार ४७ समूहका ४६४ आरोहीले सगरमाथा आरोहण अनुमति लिँदा १ अर्ब १ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व उठेको हो। यस वर्षदेखि रोयल्टी शुल्क वृद्धि गरिएकाले संकलन बढेको विभागले जनाएको छ।

कुल २९ हिमालमा १,०७२ आरोही सहभागी हुँदा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। सबैभन्दा धेरै आरोही चीन र अमेरिकाबाट आएका छन्।

 
 
बुधबार, २३ बैशाख २०८३, १६ : ४५

प्रतिक्रिया