काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको राजीनामासम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचार भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डे आफ्नो जिम्मेवारीमा सक्रिय रहेको तथा बैंकको कार्यसम्पादन र व्यवस्थापनमा नियमित रूपमा संलग्न रहेको उल्लेख गरिएको छ ।
बैंकले आधिकारिक स्रोतबाट पुष्टि नगरी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सरोकारवालासँग अनुरोध समेत गरेको छ ।
साथै, बैंकले ग्राहक, शेयरधनी तथा सर्वसाधारणप्रतिको विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया