ट्रायम्फ नेपालले वैशाख २७ गतेदेखि राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प सुरु गर्दै

सोमबार, २८ बैशाख २०८३, १७ : ४६

काठमाडौं- ब्रिटिश मोटरसाइकलसँग एउटा अलग पहिचान र व्यक्तित्व हुन्छ, र यही अनुभवलाई अझ सहज र पहुँचयोग्य बनाउन ट्रायम्फ नेपालले विशेष पहल थालेको छ । 

गोल्छा ग्रुप (हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.) अन्तर्गत सञ्चालित ट्रायम्फ नेपालले एक हप्ता राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पको शुभारम्भ गर्ने उत्साहका साथ घोषणा गर्दछ ।

आइतबार, वैशाख २७ देखि जेठ १ गतेसम्म सञ्चालन हुने यस क्याम्पमार्फत, जुनसुकै ब्रान्डको मोटरसाइकल चलाइरहेका राइडरहरूले सहज एक्सचेन्ज प्रक्रियामार्फत ट्रायम्फ मोटरसाइकलको अनुभव गर्ने अवसर पाउनेछन् ।

स्थानीय राइडिङ समुदायसँग अझ नजिकिन तथा कार्यक्रमलाई आत्मीय वातावरणमा आयोजना गर्न
ट्रायम्फले विभिन्न शहरमा विशेष स्थान चयन गरेको छः
● इटहरीः ह्याङआउट क्याफे, दमक
● बुटवलः एल्डोराडो एभेन्यु, कालिकानगर
● पोखराः लाकुसा क्याफे, बागलुङ
● भक्तपुरः गठ्ठाघर कम्प्लेक्स, गठ्ठाघर

Exchange Camp_MAY026 02_02 copy 2

यस एक्सचेन्ज क्याम्पलाई राइडरहरूका लागि ट्रायम्फमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनाउँदै, सबै स्थानहरूमा निम्न विशेष सुविधाहरू उपलब्ध गराइनेछः
● बजारको उत्कृष्ट मूल्याङ्कनः तपाईंको हालको मोटरसाइकलको उचित बजार मूल्यांकनसँगै,
ट्रायम्फले थप रु. १५,००० सम्म अतिरिक्त मूल्य प्रदान गर्दैछ ।
● सहज फाइनान्स सुविधाः हुलास अटो फाइनान्स (HFL) मार्फत न्यूनतम ४०% डाउन पेमेन्टमा नयाँ बाइक खरिद गर्ने सुविधा ।
● तुरुन्त एक्सचेन्ज सेवाः झन्झटिलो कागजी प्रक्रिया बिना, पुरानो बाइक ल्याएर सोही दिन नयाँ
ट्रायम्फ लिएर फर्किने अवसर ।
● थप सुविधाहरूः प्रत्येक खरिदमा प्रिमियम हेल्मेट, ट्याङ्क प्याड र डकुमेन्ट ब्याग निःशुल्क प्रदान
गरिनेछ ।
● टेस्ट राइडः ट्रायम्फको नयाँ ४००cc सिरिज Speed ४००, Scrambler ४००X तथा Scrambler ४००XC को प्रत्यक्ष टेस्ट राइड गर्ने अवसर, साथै सहभागीहरूका लागि निःशुल्क पेय पदार्थको व्यवस्था ।

“हामीले यो कार्यक्रमलाई केवल बाइक एक्सचेन्जमा सीमित नराखी, राइडर समुदायसँग जोडिने अवसरको रूपमा लिएका छौं,” ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने । “आज एक्सचेन्ज गर्ने योजना होस् वा केवल Triumph Speed ४००, Scrambler ४००X, वा Scrambler ४००XC को टेस्ट राइड अनुभव लिन चाहनुहुन्छ भने पनि, हामी सम्पूर्ण राइडर समुदायलाई स्वागत गर्न उत्साहित छौं ।”

ट्रायम्फ मोटरसाइकल्स नेपालबारे:
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. द्वारा सञ्चालित ट्रायम्फ नेपाल, नेपालका लागि प्रिमियम ब्रिटिश मोटरसाइकलहरूको आधिकारिक वितरक हो । उत्कृष्ट शिल्पकला र “ःयमभचल ऋबिककष्अ” भावना बोकेको ट्रायम्फले हिमाली क्षेत्रभर आफ्नो उपस्थिति निरन्तर विस्तार गर्दै आएको छ ।
 

 
सोमबार, २८ बैशाख २०८३, १७ : ४६

प्रतिक्रिया