नयाँ ब्याजदर

जेठ महिनाका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

विहीबार, ३१ बैशाख २०८३, १२ : २७

काठमाडौं- हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको तथ्याङ्क अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ ।

वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ । त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा पुगेको छ ।

तथ्याङ्क अनुसार अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका छन् । एनएमबि बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले व्यक्तिगत ब्याजदरमा कटौती गरेका छन् ।

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया, हिमालयन र नेपाल बैंक रहेका छन्, जसले व्यक्तिगततर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । यता सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदरमा ०.०५ प्रतिशतले सामान्य वृद्धि गरेको छ ।

संस्थागततर्फ सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो ब्याजदरमा ०.५ प्रतिशत विन्दुको वृद्धि गरेको छ भने कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागत ब्याजदरमा उल्लेख्य कटौती गरेका छन् ।

कुन बैंकको ब्याजदर कति ?

Commercial-bank-interest-rate
 
विहीबार, ३१ बैशाख २०८३, १२ : २७

प्रतिक्रिया