सुजुकी सुजुकी e VITARA को देशव्यापी हस्तान्तरण सुरु

शुक्रबार, ०१ जेठ २०८३, १३ : ३१

काठमाडौं- सीजी मोटोकर्पले सुजुकीको पहिलो पूर्ण विद्युतीय एसयूभी को देशव्यापी हस्तान्तरण सुरु गरेको छ । नेपाली बजारका लागि पूर्ण निर्मित (CBU) रूपमा ल्याइएको यो गाडी आफ्नो मूल्य वर्गमा नेपालकै पहिलो जापानी विद्युतीय एसयूभी भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार e VITARA को सुरुवाती परिचयात्मक मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जुन पहिलो १०० ग्राहकका लागि सीमित अवधिसम्म लागू हुनेछ । सुजुकीको अधिकृत डिलर सञ्जालमार्फत देशभर ग्राहकलाई गाडी हस्तान्तरण भइरहेको कम्पनीले जनाएको छ ।

नेपालमा विद्युतीय गाडीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सुजुकीले पनि औपचारिक रूपमा EV सेग्मेन्टमा प्रवेश गरेको हो । कम्पनीका प्रवक्ताले e VITARA ले सुजुकीप्रतिको ग्राहक विश्वास, जापानी इन्जिनियरिङ र भरपर्दो सेवा सञ्जाललाई निरन्तरता दिने बताए ।

Screenshot 2026-05-15 132440

सीजी मोटोकर्पले सन् २०३० सम्म सुजुकीका थप ६ वटा विद्युतीय गाडी नेपाली बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार e VITARA सुजुकीको दीर्घकालीन विद्युतीय रणनीतिको पहिलो चरण हो ।

यो गाडी ४९ kWh र ६१ kWh ब्याट्री विकल्पमा उपलब्ध छ । ६१ kWh भेरियन्टले एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ । गाडीमा 3-in-1 इलेक्ट्रिक पावरट्रेन, आधुनिक लिथियम-आयन ब्याट्री र HEARTECT-e प्लेटफर्म प्रयोग गरिएको छ ।

e VITARA मा Eco, Normal, Sport र Snow गरी चार ड्राइभिङ मोड उपलब्ध छन् । साथै रिजेनेरेटिभ ब्रेकिङ प्रणाली, एयरोडाइनामिक डिजाइन, १८ इन्च एलोय ह्वील र LED प्रोजेक्टर हेडल्याम्प समावेश गरिएको छ ।

भित्री भागमा १०.१ इन्च डिजिटल डिस्प्ले, १०.२५ इन्च मल्टी-इन्फर्मेसन डिस्प्ले, सनरुफ, एम्बियन्ट लाइटिङ तथा Infinity by Harman साउन्ड सिस्टम उपलब्ध छ । सुरक्षातर्फ Level 2 ADAS, ७ एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, टायर प्रेसर मनिटरिङ प्रणाली र e-Call सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ ।

Screenshot 2026-05-15 132515

नेपालभर २५ सेल्स आउटलेट र ४० आफ्टर-सेल्स सर्भिस सेन्टरमार्फत सेवा उपलब्ध हुने भएकाले ग्राहकले सहज सेवा पाउने कम्पनीको दाबी छ ।

सीजी मोटोकर्पको परिचय

सीजी मोटोकर्प, नेपालको पहिलो अर्ब डलर बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपको सीजी होल्डिङ्स अन्तर्गत रहेको स्वचालित (Automobiles) क्षेत्रको अङ्ग हो । सीजी मोटोकर्पले नेपालमा सुजुकी प्यासेन्जर गाडीको आधिकारिक प्रतिनिधित्व गर्नुका साथै आफ्ना अन्य स्वचालित कारोबार पनि सञ्चालन गर्दै आएको छ, र देशकै सबैभन्दा लामो इतिहास बोकेको डिलरसिप तथा सर्भिस सञ्जालमा आधारित छ ।

 
शुक्रबार, ०१ जेठ २०८३, १३ : ३१

प्रतिक्रिया