काठमाडौं- भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर ब्राण्ड एम्पीयर नेपालमा भित्रिएको करिब दुई महिना भइसकेकोछ ।
भारतमा १६५ वर्ष कोइन्जिनियरिङ्ग अनुभव बोकेको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी द्वारा उत्पादन गरिएको एम्पीयर ब्राण्डका स्कुटरहरूलाई नेपालमा आधिकारिक रूपमा श्री एसटीसी ग्रुप अन्तर्गतको श्री एसटीसी अटोसोलुसन प्रा. लि. ले बिक्री–वितरण गर्दै आएको छ ।
नेपालभर एम्पीयर ब्राण्डलाई विस्तार गर्ने क्रममा अब पोखरामा पनि यसको आधिकारिक बिक्री–वितरण सुरु गरिएकोछ । पोखराको बुद्धचोकमा रहेको डीएनबी ट्रेड प्रा. लि. लेएम्पीयर स्कुटरको आधिकारिक डिलरका रूपमा (showroom) सञ्चालनमा ल्याई बैशाख ३१ गतेदेखि एम्पीयर नेक्सस ईएक्स स्कुटरको बिक्री–वितरण सुरु गरेकोछ ।
डीएनबी ट्रेड प्रा. लि. लेएम्पीयर कोनेक्सस ईएक्स मोडल सहित पोखरा बजारमा प्रवेश गरेको जानकारी गराउँदछौँ । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १५ वर्षदेखि भारतमा विद्युतीय दुईपांग्रे सवारी साधन उत्पादन गर्दै आएकोछ । ग्रीभ्सको एम्पीयर ब्राण्ड भारतमा बलियो उपस्थिति बनाएको विद्युतीय स्कुटर ब्राण्डमध्ये एक हो ।

एम्पीयरका स्कुटरहरू उच्च प्रदर्शन, आकर्षक डिजाइन, स्मार्ट टेक्नोलोजी तथा विश्वस्तरीय गुणस्तरका लागि परिचित छन् । विशेषगरी एम्पीयर नेक्सस ईएक्स दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकहरूका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।
एम्पीयर स्कुटरमा लिथियम फेरोफोस्फेट ब्याट्री प्रयोग गरिएकोछ । यी स्कुटरहरू अत्यन्तै चिसो अर्थात् माइनस ४० डिग्रीदेखि अत्यन्तै तातो ६० डिग्री तापक्रमसम्म परीक्षण गरिएका छन् । एम्पीयरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीको लाइफ साइकल २ हजार सम्म रहेकोछ। साथै, ब्याट्रीमा ८८७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी उपलब्ध हुनेछ ।
एम्पीयर स्कुटरहरूमा मजबुत च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी, आरामदायी राइडिब अनुभव तथा आकर्षक फिचरहरू उपलब्ध छन् ।

एम्पीयर नेक्सस ईएक्स
एम्पीयर नेक्सस ईएक्समा ३.९ किलोवाट क्षमताकोमोटर उपलब्ध छ। यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएकोछ । कम्पनीका अनुसार एक पटक पूर्ण चार्ज गर्दा यस स्कुटरलाई १३६ किलोमिटरसम्म गुडाउन सकिन्छ । योब्याट्री प्याक घरमैकरिब ३ घण्टा ३० मिनेटमा चार्जगर्न सकिन्छ ।
मिड–माउन्ट मोटर भएको यस स्कुटरमा रिभर्समोड सहित पाँचवटा राइड मोड उपलब्ध छन् । यसमा एलोय ह्वील, डिस्क ब्रेक, अल–एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटी लगायतका आधुनिक फिचरहरू समावेश छन् । एम्पीयर नेक्सस ईएक्सको मूल्य रु. ३,३५,००० /- (तीन लाख पैँतीस हजार रुपैयाँ) मात्र तोकिएको छ ।
प्रतिक्रिया