काठमाडौं नेपालको सम्पत्ति शुद्धीकरण निवारण (AML) क्षेत्रमा विशेषज्ञ परामर्शदाताको रूपमा स्थापित अग्रणी संस्था एएमएल नेपालले भुमि व्यवस्थापन तथा अभिलेख विभागबाट इजाजतपत्र प्राप्त घरजग्गा कम्पनीहरूका लागि एक विशेष सचेतना कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा विशेषगरी घरजग्गा कारोबारका क्रममा हुनसक्ने वित्तीय जोखिम र राष्ट्रियस्तरको जोखिम मुल्याङ्कनका विषयमा विस्तृत छलफल गरिएको थियो ।
नेपालको घरजग्गा क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ आयोजित यस सत्रमा वित्तीय जानकारी एकाइ (FIU) र अन्य नियामक निकायहरूको चासो तथा हालै इजाजत प्राप्त गरेका नयाँ घरजग्गा इजाजत प्राप्त संस्थाहरूले व्यवसाय सञ्चालनको क्रममा अपनाउनुपर्ने पूर्वतयारी र कानुनी प्रक्रियाका बारेमा प्रकाश पारिएको थियो ।
प्रतिक्रिया