काठमाडौं- कृषि तथा पशुधन बिमा कार्यक्रमअन्तर्गत चालु वर्ष १ लाख ६२ हजार १० वटा बिमा पोलिसीमार्फत ३६ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको बिमा गरिएको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ अनुसार सरकारले बिमा अनुदानबापत १ अर्ब ६० करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको छ। तर ६४ करोड ९६ लाख रुपैयाँ अनुदान रकम अझै भुक्तानी हुन बाँकी रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार बिमा कम्पनीहरूले किसानलाई १ अर्ब ४२ करोड ४७ लाख रुपैयाँ बराबरको क्षतिपूर्ति भुक्तानी गरेका छन्। यस्तै, कृषि तथा पशुधन बिमासम्बन्धी सूचना प्रविधि प्रणाली निर्माणका लागि मन्त्रालयले ५७ लाख ४९ हजार रुपैयाँ खर्च गरिसके पनि प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन।
महालेखापरीक्षकले बिमा पोलिसी, शुल्क, क्षतिको दाबी तथा क्षतिपूर्ति भुक्तानीसम्बन्धी विवरण अद्यावधिक गर्न सूचना प्रविधि प्रणाली तत्काल सञ्चालनमा ल्याउन सुझाव दिएको छ।
प्रतिक्रिया