राष्ट्र बैंकद्वारा सेन्ट्रल एक्सचेञ्ज काउन्टरको मनीचेञ्जर लाइसेन्स खारेज

बुधबार, ०६ जेठ २०८३, १२ : ५२

काठमाडौं- नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले कास्कीको पोखरा–६ स्थित श्री सेन्ट्रल एक्सचेञ्ज काउन्टर प्रा.लि. को मनीचेञ्जरसम्बन्धी इजाजतपत्र खारेज गरेको छ ।

कम्पनीले आफ्नो कारोबार बन्द गरी इजाजतपत्र खारेज गरिदिन स्वेच्छिक रूपमा निवेदन दिएपछि राष्ट्र बैंकले लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकले मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ अनुसार वैशाख ३० गतेको निर्णयबाट उक्त इजाजतपत्र खारेज गरिएको जनाएको छ ।

परिवर्त्य विदेशी मुद्राको खरिद कारोबार गर्न अनुमति प्राप्त संस्थाको लाइसेन्स खारेजीबारे राष्ट्र बैंकको पोखरा कार्यालयले जेठ ६ गते औपचारिक सूचना प्रकाशित गर्दै सर्वसाधारणलाई जानकारी गराएको हो ।

 
बुधबार, ०६ जेठ २०८३, १२ : ५२

प्रतिक्रिया