जेठ १४ देखि १७ गतेसम्म देशभर बिदा

शुक्रबार, ०८ जेठ २०८३, ११ : ५७

काठमाडौं– सरकारले बकर इद (इद–उल–अजहा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जारी गर्दै जेठ १४ गते इद–उल–अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

वि.सं. २०८२ मङ्सिर १६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते बिदा हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना पनि व्यक्त गरेको छ ।

bida

 
 
 
शुक्रबार, ०८ जेठ २०८३, ११ : ५७

प्रतिक्रिया