सहकारी ठगी प्रकरण

मितेरी सहकारी प्रकरण : कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई अदालत उपस्थित हुन आदेश

सोमबार, ११ जेठ २०८३, १२ : १२

काठमाडौं- सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङलाई अदालत उपस्थित हुन आदेश दिएको छ । ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा गुरुङलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

अदालतले सोबार सूचना जारी गर्दै ज्योती गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन भनेको हो । गुरुङमाथि ललितपुरको मितेरी सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।

ललितपुर जिल्ला अदालतले २१ दिनभित्र सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न सूचनामार्फत भनेको छ । अदालतले जारी गरेको सूचनामा गुरुङको तीनपुस्ते विवरण उल्लेख छ । जसमा उनका पति धनराज गुरुङ नै लेखिएको छ ।

यदि तोकिएको म्यादभित्र उपस्थित नभइ म्याद गुजारी बसे कानुनबमोजिम मुद्दा लाग्ने र पछि कुनै उजुर नलाग्ने सूचनामा उल्लेख छ ।

 
सोमबार, ११ जेठ २०८३, १२ : १२

प्रतिक्रिया