काठमाडौं- कजारिया रमेश टायल्स लिमिटेड ले ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ सँग सहकार्य गर्दै ‘डाइन विथ द डिभाज – एन इभिनिङ विथ मिस नेपाल’ अभियान सार्वजनिक गरेको छ ।
कम्पनीले सोमबार सार्वजनिक गरेको अभियानअन्तर्गत मिस नेपाल अडिसन हुने सात शहरका ग्राहक जोडीले वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनर गर्ने अवसर पाउनेछन् ।
यस योजनामा सहभागी हुन अभियान अवधिभर एकै पटकमा न्यूनतम १ हजार वर्गफिट कजारिया टायल्स खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । यो योजना मिस नेपाल क्षेत्रीय अडिसन हुने नेपालगञ्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीका प्रवक्ताले मिस नेपालसँगको साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई झल्काउने बताउँदै ‘डाइन विथ द डिभाज’ अभियानमार्फत ग्राहकलाई विशेष जीवनशैली अनुभव प्रदान गर्न खोजिएको बताए ।
यो अभियान जेठ १० देखि जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र अफर लागू हुने र यसमा कम्पनीका नियम तथा सर्त लागू हुने जनाइएको छ ।
कजारिया रमेश टायल्स लिमिटेड ले नेपालमा अत्याधुनिक प्रविधिसहित टायल उत्पादन गर्दै आएको छ । कम्पनीले हाल नेपालभर १०० भन्दा बढी शोरुममार्फत आफ्ना उत्पादन बिक्री गर्दै आएको जनाएको छ ।
कम्पनीका अनुसार कजारियाका टायलहरू पानी तथा दाग प्रतिरोधी, टिकाउ र आधुनिक डिजाइनमा उपलब्ध छन् । ३ हजारभन्दा बढी डिजाइन विकल्पसहित कम्पनीले नेपाली बजारमा विभिन्न आकारका ग्लेज्ड भिट्रिफाइड र सेरामिक वाल टायल उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया