काठमाडौं- सरकारले सहकारी क्षेत्रमा देखिएको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेल ले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिए ।
उनले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सहकारी क्षेत्रमा देखिएका समस्याबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिने बताएका हुन् ।
प्रतिक्रिया