काठमाडौं- नेपाल बैंक लिमिटेडको सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा लम्साललाई नियुक्त गरिएको हो । उनी हाल अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ताका रूपमा कार्यरत छन् ।
नेपाल बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीका अनुसार यसअघि अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा भएका छन् ।
प्रतिक्रिया