विदेशमा रहेका नेपालीको सहयोग र उद्धारका लागि ‘मोफा मित्र’ एप सार्वजनिक

मंगलबार, १२ जेठ २०८३, १७ : ०५

काठमाडौं- विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित परराष्ट्र मन्त्रालय ले नयाँ मोबाइल एप ‘मोफा मित्र’ सार्वजनिक गरेको छ।

कन्सुलर सेवा विभाग द्वारा विकसित उक्त एप मंगलबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। एपको औपचारिक शुभारम्भ शिशिर खनाल ले गरेका थिए।

मन्त्रालयका अनुसार ‘मोफा मित्र’ एप सञ्चालनमा आएपछि विदेशमा अप्ठ्यारोमा परेका, हराएका वा उद्धारको प्रतीक्षामा रहेका नेपाली नागरिकहरूले सिधै कन्सुलर सेवा विभाग तथा विदेशस्थित नेपाली नियोगमा गुनासो दर्ता गर्न सक्नेछन्।

एपमार्फत सेवाग्राहीले सहज रूपमा सूचना आदान–प्रदान, सहायता अनुरोध तथा कन्सुलर सेवासम्बन्धी जानकारी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले उक्त प्रविधिले कन्सुलर सेवा प्रवाहलाई थप छरितो, पारदर्शी र पहुँचयोग्य बनाउने विश्वास लिएको छ।

 
मंगलबार, १२ जेठ २०८३, १७ : ०५

प्रतिक्रिया