अब पठाओबाटै हेलिकोप्टर बुक गर्न सकिने

विहीबार, १४ जेठ २०८३, १३ : २४

काठमाडौं- पठाओ नेपाल ले मोबाइल एपमार्फत हेलिकोप्टर बुक गर्न मिल्ने नयाँ सेवा ‘पठाओ हेली’ सुरु गरेको छ।

सिम्रिक एयरलाइन्स सँगको सहकार्यमा सुरु गरिएको यो सेवामार्फत अब यात्रुले पठाओ एप वा वेबसाइटबाटै सहज रूपमा हेलिकोप्टर बुक गर्न सक्नेछन्।

कम्पनीका अनुसार मुक्तिनाथ, गोसाइकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरलगायत धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि हेली सेवा उपलब्ध हुनेछ। एउटा हेलिकोप्टरमा एकपटकमा चारदेखि पाँच जनासम्म यात्रा गर्न सक्ने व्यवस्था गरिएको छ।

पठाओ नेपालले राइड सेयरिङबाट सुरु भएको आफ्नो सेवा अहिले पार्सल, फुड डेलिभरी, होम सर्भिस हुँदै हेलिकोप्टर बुकिङसम्म विस्तार भएको जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक यशु थकाली ले नेपालको डिजिटल इकोनोमीलाई विस्तार गर्ने लक्ष्यसहित विभिन्न सेवाहरू एउटै प्लेटफर्ममा जोड्दै अघि बढिरहेको बताएका छन्।

नेपाल पर्यटन वर्ष २०८५ लाई लक्षित गर्दै सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

 
विहीबार, १४ जेठ २०८३, १३ : २४

प्रतिक्रिया