सगरमाथाको शिखरमा पोखरा एभेन्जससको झण्डा

विहीबार, १४ जेठ २०८३, १४ : ५३

काठमाडौं- प्रख्यात एनएनएमजीए/आइएफएमजीए (NNMGA/IFMGA) नेपाल नेसननल माउण्टेन गाइड एसोवसएसन÷ इन्टरनेसनल फेडेरेसन अफ माउण्ठे न गाइड एसोवसएसन) प्रमावित नेपाली पर्वतारोहि गाइड एवम् उच्च हिमाली क्षेत्रका चलचित्र वनमासता तथा प्रवद्र्घक पासाङ काजी शेर्पाले २३ मे २०२६ का दिन विहान ३ः५० बजे सगरमाथाको सफल आरोहि गरी विश्वको सर्वोच्च शिखरमा पोखरा एभेन्जससको झण्डा गर्वका साथ फहराएका छन् ।  ११ अप्रिल २०२६ बाट सुरु भएको यस अभियान पूरा गर्दै उनको आठौँ पटक सफलता पूर्वक सगरमाथा आरोहि गरेका हुन् ।

उनले यसअघि केटु (K२), चो ओयु र मनास्लु जस्ता कयौँ कठिन हिमालहरू सफलतापूर्वक चढिसकेका छन् । यो आरोहण केवल एउटा साहसिक यात्रा मात्र नभएर खेलकुद र वातावरण संरक्षणलाई जोड्ने एउटा विशेष अभियान पनि हो। नेपालको सबैभन्दा लोकप्रिय खेलकुद (क्रिकेट) मार्फत जलवायु परिवर्तन र हिमाली हिमनदीहरूको संरक्षणबारे विश्वव्यापी चेतना जगाउन सगरमाथाको शिखर रोजिएको हो । नेपाल प्रिमियर लिगको सबैभन्दा बढी मूल्य लागेको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले ग्रासरुट क्रिकेटको विकाससँगै स्थापनाकालदेखि नै जलवायु परिवर्तनका मुद्दाहरूलाई निरन्तर सहयोग गर्दै आएको छ ।

यस ऐतिहासिक उपलब्धिको खुसी साट्दै पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले भने, ‘हामी यो अभियानलाई केवल शिखरमा पुग्ने कुरामा मात्र सीमित राख्न चाहँदैनथ्यौँ । यो हाम्रो हिमनदी संरक्षणको महत्त्व बुझाउन र जलवायु परिवर्तनबारे चेतना जगाउनुका साथै क्रिकेटको विकासलाई प्रोत्साहन गर्ने एउटा ठूलो आह्वान हो ।’ 

यस सफलताले विश्वव्यापी पर्वतारोहण क्षेत्रमा नेपाली गाइड र आरोहीहरूको दृढता र साहसलाई फेरि एकपटक अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गरेको छ । यो सफल सगरमाथा अभियानले साहसिक यात्राको उत्सव मनाउनुका साथै विश्वलाई हिमालय संरक्षण गर्ने हाम्रो साझा जिम्मेवारीको सम्झना समेत गराएको छ ।
 

 
विहीबार, १४ जेठ २०८३, १४ : ५३

प्रतिक्रिया