काठमाडौं- ASOCIO ले आयोजना गर्ने ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला गरिएको छ। नेपाली सूचना प्रविधि कम्पनी, स्टार्टअप तथा संस्थाहरूलाई आफ्ना उत्पादन र सेवा अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गर्न अवार्ड आयोजना गरिएको हो।
यस वर्षको मुख्य थिम “नेपाली टेक उद्यमी अवसर: आफ्ना उत्पादन र सेवाहरूलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्नुहोस्” रहेको छ। एसोसियोका उपाध्यक्ष नवराज कुँवर ले यो नेपाली प्रविधि उद्यमीहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।
यस्तै, क्यान महासंघ का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी ले सम्पूर्ण नेपाली प्रविधि कम्पनी, स्टार्टअप र सरोकारवालालाई आवेदन दिन आग्रह गरेका छन्।
अवार्डमा साइबर सेक्युरिटी, शिक्षा, स्वास्थ्य, कृषि, वित्तीय सेवा, स्मार्ट म्यान्युफ्याक्चरिङ, सार्वजनिक सेवा र डिजिटल सीप विकासलगायत ८ विधामा उत्कृष्ट एआई परियोजनालाई सम्मान गरिनेछ। आवेदन दिन चाहने संस्थाको एआई समाधान कम्तीमा पाइलट चरणमा कार्यान्वयन भएको र पछिल्लो २४ महिनाभित्र स्पष्ट नतिजा देखाएको हुनुपर्नेछ।
आवेदन दिने अन्तिम मिति १५ मे २०२६ तोकिएको छ भने विजेताको घोषणा ३० मेमा गरिनेछ। अवार्ड वितरण समारोह ३० जुलाई २०२६ मा ‘एसोसियो डिजिटल एआई समिट २०२६’ का अवसरमा आयोजना हुनेछ।
अवार्डका विधाहरू (Award Categories)
यस वर्ष आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोगमार्फत विभिन्न क्षेत्रमा रूपान्तरण ल्याउने उत्कृष्ट पहलहरूलाई निम्न ८ विधाहरूमा पुरस्कृत गरिनेछ:
१. एआई इन साइबर सेक्युरिटी अवार्ड (AI in Cybersecurity Award): साइबर सुरक्षा, डिजिटल प्रतिरोध क्षमता र इमर्जिङ थ्रेटहरू विरुद्ध एआईको प्रयोग गर्ने संस्थाहरूका लागि ।
२. एआई फर पब्लिक गुड अवार्ड (AI for Public Good Award): सामाजिक, वातावरणीय र दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न एआई प्रयोग गर्ने पहलहरू ।
३. एआई इन एजुकेसन अवार्ड (AI in Education Award): शैक्षिक पारिस्थितिकी प्रणाली र सिकाइको गुणस्तर सुधार गर्ने प्रविधि ।
४. एआई इन हेल्थकेयर अवार्ड (AI in Healthcare Award): स्वास्थ्य सेवा प्रवाह र क्लिनिकल परिणाममा सुधार ल्याउने एआई समाधान ।
५. एआई इन स्मार्ट एग्रिकल्चर अवार्ड (AI in Smart Agriculture Award): कृषि उत्पादकत्व र किसानहरूको आर्थिक सबलीकरणमा योगदान पुर्याउने नवप्रवर्तन ।
६. एआई इन फाइनान्सियल सर्भिसेज अवार्ड (AI in Financial Services Award): बैंकिङ, फिन्टेक र बिमा क्षेत्रमा सुरक्षित र समावेशी वित्तीय रूपान्तरण ।
७. एआई इन वर्कफोर्स एन्ड फ्युचर स्किल्स अवार्ड (AI in Workforce & Future Skills Award): डिजिटल अपस्किलिङ र भविष्यको डिजिटल अर्थतन्त्रका लागि जनशक्ति तयार गर्ने पहल ।
८. एआई इन म्यान्युफ्याक्चरिङ / सप्लाइ चेन अवार्ड (AI in Manufacturing / Supply Chain Award): औद्योगिक उत्पादन र ढुवानी (Logistics) प्रक्रियालाई एआईमार्फत चुस्त बनाउने समाधान ।
योग्यता र मापदण्ड (Eligibility Criteria)
योग्य आवेदक: कर्पोरेट संस्थाहरू (SMEs र ठूला उद्योग), स्टार्टअप, सरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धान संस्थाहरू, र गैर-नाफामूलक संस्थाहरू ।
आवश्यकता: प्रस्तावित एआई समाधान कम्तीमा 'पाइलट चरण' (Pilot Stage) मा कार्यान्वयन भएको हुनुपर्नेछ र विगत २४ महिनाभित्र स्पष्ट नतिजा देखाएको हुनुपर्नेछ ।
एक आवेदकले मात्र एक विधामा आवेदन दिन सक्नेछन् ।
महत्त्वपूर्ण मितिहरू (Timeline)
आवेदन दिने अन्तिम मिति: १५ मे २०२६ (संसोधित/थप गरिएको समय सीमाको लागि सचिवालयमा सम्पर्क गर्न सकिनेछ)
विजेताहरूको घोषणा: ३० मे २०२६
अवार्ड वितरण समारोह: ३० जुलाई २०२६ (एसोसियो डिजिटल एआई समिट २०२६ को अवसरमा)
आवेदन प्रक्रिया र फर्म्याट : इच्छुक संस्थाहरूले तोकिएको ढाँचामा PDF फलो गर्दै (Trebuchet MS फन्ट, न्यूनतम १२ pt, १-इन्च मार्जिन) ४ देखि ५ पानाको प्रस्ताव बुझाउनुपर्नेछ । प्रस्तावमा कभर पेज, १ पानाको कार्यकारी सारांश (Executive Summary), संस्थाको पृष्ठभूमि, एआई परियोजनाको प्राविधिक उत्कृष्टता, र उत्तरदायी एआई व्यवस्थापन (Responsible AI & Governance) खुलाउनुपर्नेछ ।
प्रतिक्रिया