वीरगञ्ज भन्सार कार्यालय

निर्यात व्यापारमा सुधार, १० महिनामा ८८ अर्बको कारोबार

शुक्रबार, १५ जेठ २०८३, १३ : १९

वीरगञ्ज- चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालबाट रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका वस्तु निर्यात भएको थियो । यस वर्ष निर्यातमा उल्लेख्य वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा सबैभन्दा बढी रु ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यस्तै, रु पाँच अर्ब ३५ करोड बराबरको प्रशोधित सूर्यमुखी तेल तथा रु छ अर्ब ४२ करोड बराबरको फलफूलको रस विदेश पठाइएको छ ।

यस अवधिमा रु तीन अर्ब तीन करोड बराबरका कपडा तथा रु दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ समेत निर्यात भएको कार्यालयले जनाएको छ ।

शुक्रबार, १५ जेठ २०८३, १३ : १९

प्रतिक्रिया