काठमाडौं- नेपाली विद्यार्थी तथा नवप्रवर्तनकर्ताहरूले एआई, रोबोटिक्स, आईओटी र कोडिङमा आफ्नो क्षमता उत्कृष्ट रूपमा प्रस्तुत गर्दै कोडएभर ७.० मा उल्लेखनीय सफलता हासिल गरेका छन्। १६ र १७ मेमा सम्पन्न दुई दिने प्रतियोगितामा नेपालका ६ टोलीले विभिन्न श्रेणीका पुरस्कार जित्दै देशको स्टिम शिक्षा र प्रविधि नवप्रवर्तनमा बढ्दो सम्भावनालाई उजागर गरेका हुन्।
प्रतियोगितामा स्किल्सअप ग्लोबल, उथान रोबोटिक्स ल्याब र बियोन्ड एपोजीका साथै एशिया प्यासिफिक स्कुल, काठमाडौं न्यू क्यासल स्कुल, ललिगुराँस नेशनल एकेडेमी, रिलायन्स पब्लिक स्कुल, बागमती स्कुल, बुढानीलकण्ठ स्कुल, काठमाडौं भ्याली स्कुल एन्ड कलेज, मोरङ पाथिभरा स्कुल, ज्ञानोदय बालबाटिका स्कुल, सेन्ट जोसेफ्स सेकेन्डरी स्कुल र डेजी इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीहरू सहभागी थिए। उनीहरूका परियोजनाले स्वास्थ्य, वातावरण, कृषि, सहायक प्रविधि र दिगोपनसँग सम्बन्धित व्यावहारिक समस्या समाधानमा केन्द्रित नवीन सोच प्रस्तुत गरेका थिए।
यस संस्करणमा पुरस्कार जित्ने टोलीहरूका टोली नेतृत्व क्रमशः प्रशन्न के.सी., सभ्यता उपरकोटी, शिवांश रावल, रिवाज मकाजू, प्रनभ जंग अधिकारी र गुन्जन शर्मा कर्णले गरेका थिए। यस उपलब्धिले नेपाली विद्यार्थीहरूले केवल प्रतिस्पर्धामा भाग लिनेमात्र होइन, अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी समाधान प्रस्तुत गर्न सक्ने स्तरमा पुगेको सन्देश दिएको छ।
स्पार्क सिङ्क का प्रशन्न के.सी., रोहन शाह र प्रभव नाथ उप्रेतीले तयार पारेको “स्पार्की बडी” परियोजनाले कन्सोलेसन प्राइज (जुनियर समूह) प्राप्त गर्यो। यो एआई-सञ्चालित एडीएचडी सहायक रोबोट हो, जसले बालबालिकालाई ध्यान केन्द्रित गर्न, भावना व्यवस्थापन गर्न, औषधि सम्झाउन र दैनिक दिनचर्या पालना गर्न सहयोग पुर्याउँछ। एडीएचडी भएका बालबालिकाले सामना गर्ने ध्यान विचलन, तनाव र सामाजिक चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले यो परियोजना विकास गरिएको हो।
प्रतिक्रिया