विद्युतीय र ऊर्जा प्रविधिको अन्तर्राष्ट्रिय प्रदर्शनीसहित काठमाडौंमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना हुँदै

सोमबार, १८ जेठ २०८३, १६ : १२

काठमाडौं- नेपाल विद्युतीय व्यवसायी महासंघले विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास र प्रविधि आदान–प्रदानलाई लक्षित गर्दै “फिन इलेक्ट्रो–टेक २०२६” को १२औं संस्करण आयोजना गर्ने भएको छ।

ट्रान्सवेल्ड ट्रान्सफर्मरको मुख्य प्रायोजनमा आयोजना हुने यो प्रदर्शनी २०८३ जेठ २२ गतेदेखि २५ गतेसम्म (५–८ जुन २०२६) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ।

महासंघका अनुसार यो प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो तथा प्रतिष्ठित विद्युतीय र ऊर्जा क्षेत्रको प्रदर्शनीका रूपमा स्थापित हुँदै आएको छ। वि.सं. १९९६ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस कार्यक्रमले उद्योग, व्यापार, प्रविधि र नवप्रवर्तनबीचको सम्बन्धलाई सुदृढ बनाउँदै आएको छ।

यस प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर, प्राविधिक, निर्माण व्यवसायी, शैक्षिक संस्था तथा सरकारी निकायलाई एउटै मञ्चमा ल्याएर ज्ञान र प्रविधि आदान–प्रदान गर्ने अवसर प्रदान गर्ने जनाएको छ।

हाल देशमा जलविद्युत उत्पादन, प्रसारण पूर्वाधार विस्तार, विद्युतीय सवारीसाधन प्रवर्द्धन र नवीकरणीय ऊर्जाको प्रयोग बढिरहेको सन्दर्भमा यो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाल, भारत, चीन लगायतका देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहनेछ। ट्रान्सफर्मर, केबल, स्विचगियर, एलईडी, स्मार्ट होम प्रणाली, सौर्य ऊर्जा, ई–मोबिलिटी तथा औद्योगिक स्वचालन जस्ता आधुनिक प्रविधिहरू प्रदर्शनीमा प्रस्तुत गरिनेछ।

यस वर्ष ट्रान्सवेल्ड ट्रान्सफर्मर शीर्षक प्रायोजक रहेको छ भने जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी लगायतका कम्पनीहरू सहभागी हुनेछन्। नबिल बैंक अफिसियल बैंकका रूपमा रहनेछ।

महासंघले प्रदर्शनीमार्फत ऊर्जा आत्मनिर्भरता, औद्योगिक विकास र नवीन प्रविधि प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। साथै, युवाहरू, उद्यमी तथा प्राविधिक जनशक्तिका लागि यो ठूलो अवसर हुने बताइएको छ।

प्रदर्शनीमा करिब २५ हजार आगन्तुकको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रवेश निःशुल्क भए पनि अनलाइन दर्ता अनिवार्य गरिएको छ।

कार्यक्रमका मुख्य उद्देश्य:
 -नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने ।
 -स्वदेशी तथा विदेशी उत्पादक, आपूर्तिकर्ता, आयातकर्ता र वितरकबीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने ।
 -नवीनतम प्रविधि, उपकरण तथा समाधानहरूको प्रदर्शन तथा प्रवद्र्धन गर्ने ।
 -ऊर्जा दक्षता, हरित ऊर्जा तथा दिगो विकासलाई प्रोत्साहन गर्ने ।
 -युवाहरू, प्राविधिक जनशक्ति तथा उद्यमीहरूलाई नयाँ अवसरसँग जोड्ने ।
 -नेपाललाई क्षेत्रीय विद्युतीय तथा ऊर्जा व्यापारको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पु¥याउने ।

प्रमुख आकर्षणहरू:
 -प्रदर्शनीमा समावेश क्षेत्रहरू
 -विद्युतीय उपकरण तथा सामग्री
 -ट्रान्समिसन तथा डिष्ट्रिब्युसन प्रणाली
 -ट्रान्सफर्मर तथा स्विचगियर
 -वायर, केबल तथा कण्डक्टर
 -स्मार्ट होम तथा स्मार्ट बिल्डिङ समाधान
 -औद्योगिक स्वचालन (Industrial Automation)
 -सौर्य तथा नवीकरणीय ऊर्जा प्रविधि
 -ई–मोबिलिटी तथा चार्जिङ पूर्वाधार
 -एलईडी तथा स्मार्ट लाइटिङ
 -विद्युतीय सुरक्षा प्रणाली
 -परीक्षण तथा मापन उपकरण
 -इलेक्ट्रोनिक्स तथा उपभोक्ता विद्युतीय सामग्री
 -सूचना तथा सञ्चार प्रविधि

विशेष कार्यक्रमहरू:
 -प्राविधिक सेमिनार
 -नीति तथा बजेट सम्बन्धी अन्तरक्रिया
 -B2B तथा Business Networking Sessions
 -उत्पादन प्रदर्शन तथा Launching
 -प्रविधि प्रस्तुतीकरण
 -विद्यार्थी तथा युवा लक्षित ज्ञानमूलक कार्यक्रम
 -ऊर्जा तथा औद्योगिक विकास सम्बन्धी छलफल
 

 
सोमबार, १८ जेठ २०८३, १६ : १२

प्रतिक्रिया