काठमाडौं- कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो नयाँ ब्रान्ड अभियान “घरमा कजारिया, सबैले सोध्ने नै भयो नि!” सार्वजनिक गरेको छ। प्रिमियम होम एस्थेटिक्सको क्षेत्रमा अग्रणी कम्पनीका रूपमा रहेको कम्पनीले यो अभियानलाई देशव्यापी रूपमा २०८३ जेठ ११ गतेदेखि सुरु गर्ने जनाएको छ।
अभियानमा भारतीय चलचित्र क्षेत्रका चर्चित कलाकारहरू रणवीर सिंह र रश्मिका मन्दाना ब्रान्ड एम्बेसेडरका रूपमा सहभागी छन्। कम्पनीका अनुसार यो अभियानले घरको सौन्दर्य र प्रिमियम इन्टेरियर डिजाइनप्रतिको आकर्षणलाई उजागर गर्ने लक्ष्य राखेको छ।
कजारियाका अनुसार राम्रो टायल र इन्टेरियर डिजाइनले घरलाई स्टाइल स्टेटमेन्टमा रूपान्तरण गर्ने र पाहुनाहरूको ध्यान तथा प्रशंसा आकर्षित गर्ने सन्देश अभियानमार्फत प्रस्तुत गरिएको छ।
कम्पनीले जनाएको छ कि यो अभियानले “घर भनेको व्यक्तिको सफलता र अभिरुचिको प्रतिबिम्ब हो” भन्ने अवधारणालाई केन्द्रमा राखेको छ। रणवीर सिंहको ऊर्जाशील व्यक्तित्व र रश्मिका मन्दानाको शालीन छविले ब्रान्डको सन्देशलाई अझ प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।
कजारिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक प्रविधिसहित टायल उद्योगलाई नयाँ स्तरमा पुर्याएको दाबी गरेको छ। कम्पनीले अन्तर्राष्ट्रिय मान्यता, विभिन्न प्रमाणपत्र तथा विश्वस्तरीय उत्पादन क्षमतासहित आफूलाई अग्रणी टायल ब्रान्डका रूपमा प्रस्तुत गरेको छ।
हाल कम्पनीले नेपालभर १०० भन्दा बढी शोरूममार्फत सेवा दिइरहेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी ड्युटी टायल र विभिन्न सेरामिक वाल टायलहरू समावेश छन्, जुन टिकाउ, पानी तथा दाग प्रतिरोधी र आधुनिक डिजाइनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया