काठमाडौं- हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोडने पक्की पुल निर्माण भइरहेको छ ।
पूर्वाधार विकास कार्यालय मकवानपुरले निर्माण गरिरहेको पुलको तीन स्पान मध्ये दुईको निर्माण भइसकेको छ । पूर्वाधार विकास कार्यालय मकवानपुरका कार्यालय प्रमुख सुजन भण्डारीले नौ करोड ३२ लाख ४९ हजारको लागतमा निर्माणाधीन पुलको हालसम्म भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।
आगामी असोज महिनासम्ममा पूरा गर्ने लक्ष्य लिइएको उक्त पुल निर्माणपछि स्थानीय लालझाडी, मैनटार, नकौली, घ्याङसिङटार, घटटेखोला, फेदिगाउँ, बोकेदह हेटौँडा उपमहानगरपालिका–१९ को डुमारे, लेकपानी, ज्यामिरे र मनहरी गाउँ पालिकाको सरिखेत पलांंसे क्षेत्रका २५ हजार जनता लाभान्वित हुने छन् ।
त्यस क्षेत्रमा उत्पादन हुने तरकारी, अन्न र फलफूल हेटौँडालगायत सहरमा पुर्याउँदा किसान र उपभोक्तालाई फाइदा पुग्ने छ । पुल निर्माण भएपछि त्यस क्षेत्रमा पर्यटन प्रवद्र्धनको सम्भावना रहेको छ ।
प्रतिक्रिया