२४ घण्टामा दुई हजार तीन सय सवारीचालक ट्राफिक कारबाहीमा, २० लाख ८४ हजार राजस्व संकलन

शुक्रबार, २२ जेठ २०८३, १० : ४९

काठमाडौं- बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, संकेत बत्ती उल्लंघनकर्ता १४७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०५ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १५२, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११३, एकतर्फी सडकमा सवारी चलाउने १४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३०५ जनालाई कारबाही गरिएको हो ।
 

 
शुक्रबार, २२ जेठ २०८३, १० : ४९

प्रतिक्रिया