मञ्जुश्री पार्कमा वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइयो

आइतबार, २४ जेठ २०८३, १२ : ०९

काठमाडौं- विश्व वातावरण दिवसको अवसरमा मञ्जुश्री पार्क परिसरमा वृक्षारोपण कार्यक्रम वल्र्डलिङ्क कम्युनिकेशन्स लिमिटेडकोसंस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत आयोजनामा सम्पन्न गरिएको छ । उक्त कार्यक्रम पुल्चोक इन्जिनियरिब क्यम्पसका विद्यार्थीहरुको प्राविधिक सहयोग, जलविनायक सामुदायिक वन उपभोक्ता समूह, प्रगतिशील युवा समूहको संयुक्त सहकार्यमा भएको थियो ।

विश्व वातावरण दिवस मनाउने र वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय समुदाय, युवा, विद्यार्थी, सामुदायिक वनका प्रतिनिधि तथा वल्र्डलिङ्कका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गत मञ्जुश्री पार्क परिसरमा धुपीप्रजाति तथा फलफुलका विरुवाहरु रोपिएका छन् ।

जसले समुदायिक वन र मञ्जुश्री पार्कको सौन्दर्य र वातावरण संरक्षणमा योगदान पुर्याउने वर्डलिङ्क कम्युनिकेशन्स लिमिटेडकी सिएसआर डाईरेक्टर तथा प्रमोटर शेयरहोल्डर अनुपा भण्डारी जालानले विश्वास व्यतm गरे । सामुदायिक वन र समुदायको आवश्यकता पहिचानका आधारमा त्यस स्थलमा वृक्षारोपण गरिएको भण्डारी जालानलेथप प्रस्ट पार्नु भयो । बिगत केही बर्ष देखि वृक्षारोपण र वातावरण संरक्षणमा देशका धार्मिक तथा ऐतिहासिक क्षेत्रमा कामगदैआएका कुरा पनि अवगत गरएका छन् ।

IMG_0361

साथै, भण्डारी जालानलेवातावरण संरक्षण कुनै एक दिनमा सीमित नभई हाम्रो जीवनशैली, सामाजिक उत्तरदायित्व र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको साझा दायित्व भएको बताए । उनले भने, दिगो विकास र स्वच्छ वातावरण निर्माणका लागि निजी क्षेत्र, स्थानीय समुदाय तथा युवाबीचको सहकार्य अत्यन्त आवश्यक छ। आजको वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति हाम्रो साझा प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। हाम्रा प्रयासहरूको सामूहिक प्रभावले नै हरित, स्वच्छ र दिगो भविष्य निर्माण गर्न सकिन्छ भन्ने विश्वासका साथ वल्र्डलिङ्कले यस्ता सामाजिक तथा वातावरणीय अभियानहरूलाई निरन्तरता दिनेछ ।

जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, दिपक मर्हजनले यस्ता कार्यक्रमले वन संरक्षण, जैविक विविधताको प्रवद्र्धन तथा समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै, यो कार्यक्रम सामुदायिक वन र संस्थागत सामाजिक उत्तरदायित्वको सहकार्यको नमुना भएको उल्लेख गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा सम्पन्न आजकोकार्यक्रमले वातावरण संरक्षणमा सबै क्षेत्रको साझा प्रयास र सहकार्यको महत्वलाई उजागर गर्नुका साथैपृथ्वीको भविष्य, हाम्रो जिम्मेवारी लागि सामूहिक प्रतिबद्धताको सशक्त सन्देश प्रवाह गरेको छ ।

वल्र्डलिङ्ककोसामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशका विभिन्न स्थानमा विद्यालयहरूमा शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वृक्षारोपण र सामुदायिक वन संरक्षण, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, दुर्गम क्षेत्रमा अनलाइन शिक्षा, स्वास्थ्य संस्थामा सौर्य ऊर्जा जडान, सुरक्षित इन्टरनेटसम्बन्धी जनचेतना तथा युवाहरूको डिजिटल क्षमता अभिवृद्धि जस्ता कार्यक्रमहरु निरन्तर गरि रहेकोछ ।
 

 
आइतबार, २४ जेठ २०८३, १२ : ०९

प्रतिक्रिया