कृषि विकास बैंकको अध्यक्षमा टंकप्रसाद पाण्डेय नियुक्त

सोमबार, २५ जेठ २०८३, १६ : ४३

काठमाडौं- कृषि विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष पदमा टंकप्रसाद पाण्डेयलाई नियुक्त गरिएको छ ।

बैंक सञ्चालक समितिले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष पाण्डेय निजामती सेवामा २५ वर्षदेखि कार्यरत छन् ।

उनीसँग आर्थिक क्षेत्रलगायत विभिन्न निकायमा कार्य गरेको अनुभव समेत रहेको बैंकले जनाएको छ ।

सोमबार उनलाई बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा गर्भनर विश्वनाथ पौडेलले शपथ गराए ।

 
सोमबार, २५ जेठ २०८३, १६ : ४३

प्रतिक्रिया