जेसीबी नेपालद्वारा इटहरीमा विश्वास, साझेदारी र ग्राहक सफलता उत्सव मनाउन ग्राहक सम्मान कार्यक्रमको आयोजना

बुधबार, २७ जेठ २०८३, १२ : २०

काठमाडौं- MAwअर्थमुभर्स प्रा.लि. अन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ । उक्त कार्यक्रममा विशिष्ट ग्राहकवर्ग, विभिन्न संघ(संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला र जेसीबी नेपाल टिमका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो कार्यक्रम कोशी क्षेत्रका जेसीबी ग्राहकहरूको निरन्तर विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको थियो । यो कार्यक्रम ग्राहकहरूसँगको सम्बन्ध थप सुदृढ पार्न, जेसीबी नेपालको विकासमा उनीहरूको योगदानलाई सम्मान गर्न र भरपर्दो मेसिन, बलियो आफ्टर सेल्स सर्भिस तथा दीर्घकालीन ग्राहक सन्तुष्टिप्रति कम्पनीको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने मञ्चको रूपमा सफल रह्यो ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जेसीबी उपकरण, पाट्र्स, सर्भिस तथा वार्षिक मर्मत सम्झौता सेवामा दीर्घकालदेखि विश्वास गर्दै आउनुभएका ग्राहकहरूको औपचारिक सम्मान तथा पहिचान गरिएको थियो ।

उनिहरूको निरन्तर सहकार्यप्रति कृतज्ञता व्यक्त गर्दै सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपालको निर्माण क्षेत्र, भारी उपकरण क्षेत्र एवम् औद्योगिक तथा व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका विभिन्न संघ(संस्थाका प्रतिनिधिहरूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । समारोहमा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसन, निर्माण संघ, क्रसर संघ, इट्टा उद्योग संघ र स्थानीय वाणिज्य संघका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।

यस साँझको अर्को महत्त्वपूर्ण क्षणको रूपमा चाबी हस्तान्तरण समारोह रहेको थियो, जहाँ जेसीबी नेपाल टिमले नयाँ जेसीबी मेसिन धनीहरूलाई औपचारिक रूपमा चाबी हस्तान्तरण गरेको थियो । यस समारोहले जेसीबीको कार्यक्षमता, टिकाउपन र सेवा सञ्जालमा ग्राहकहरूको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्न सफल भयो ।

कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाउँदै नेपाल हेभी इक्विपमेन्ट एसोसिएसनका अध्यक्ष उमाकान्त शर्माले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडरको सरप्राइज बुकिङ गरे, जसले जेसीबीको प्रमाणित प्रविधि, कार्यक्षमता र विश्वसनीयतामा भारी उपकरण उद्योगको दृढ भरोसालाई पुनः पुष्टि गरेको थियो । कार्यक्रममा सम्बोधन गर्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत श्री तेज प्रसाद सुबेदीले उपस्थित सम्पूर्ण ग्राहक तथा साझेदारहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

WhatsApp Image 2026-06-09 at 3.07.05 PM

हाम्रा ग्राहकहरू केवल मेसिन खरिद गर्ने व्यक्ति मात्र होइन, उनिहरू हामीले निर्माण गरेको हरेक चीजको आधारस्तम्भ हुन् । प्रत्येक हस्तान्तरण, सेवा र दीर्घकालीन साझेदारीले हाम्रो सधैं साथमा रहने एउटै मात्र प्रतिज्ञालाई प्रतिनिधित्व गर्दछ । जेसीबी नेपाल विश्वस्तरीय उपकरण, प्रामाणिक आफ्टर सेल्स सर्भिस र विश्वासमा आधारित सम्बन्धको माध्यमबाट नेपालको विकासमा योगदान दिन दृढ प्रतिबद्ध छ । 

यस समुदायले हामीमाथि राखेको भरोसाका निम्ति हामी हार्दिक सम्मान व्यक्त गर्दछौं । तेज प्रसाद सुबेदी, प्रमुख कार्यकारी अधिकृत, जेसीबी नेपाल (MAw\ Earthmovers Pvt. Ltd.) जेसीबी नेपालको नेतृत्व टिमले यो कम्पनी विश्वस्तरीय उपकरण, भरपर्दो सेवा र ग्राहक केन्द्रित समाधानको माध्यमबाट नेपालको पूर्वाधार विकासमा योगदान पुर्याउन निरन्तर प्रतिबद्ध रहेको कुरामा जोड दिएको छ ।

कार्यक्रम समापन मन्तव्य, अन्तरक्रियात्मक सत्र र सामुहिक भोजन सहित सम्पन्न भएको थियो जसले ग्राहक, संघका सदस्य र जेसीबी नेपाल टिमबीचको सम्बन्धलाई थप सुदृढ पार्ने अवसर प्रदान गर्यो । जेसीबी ग्राहक सम्मान कार्यक्रम इटहरीको माध्यमबाट जेसीबी नेपालले एकपटक फेरि विश्वास, कार्यक्षमता र साझेदारीका आधारमा सँगै नेपाल निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

अर्थमुभर्स प्रा. लि. का बारेमा

अर्थमुभर्स प्रा. लि. नेपालमा जेसीबीका निर्माण तथा भारी उपकरणहरूको एकमात्र अधिकृत वितरक हो । बलियो राष्ट्रव्यापी सञ्जाल, समर्पित सेवा सहायता र ग्राहकलाई प्राथमिकता दिने दृष्टिकोणका साथ अर्थमुभर्स भरपर्दो जेसीबी मेसिन, प्रामाणिक पाटपुर्जा र व्यावसायिक आफ्टर सेल्स सर्भिसहरूको माध्यमबाट नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रलाई निरन्तर सहयोग गर्दै आइरहेको छ ।
 

बुधबार, २७ जेठ २०८३, १२ : २०

प्रतिक्रिया