टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

मंगलबार, ०२ असार २०८३, १३ : ०५

काठमाडौं- पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन (पीएमडब्लुएस) सिजन ३ को उपाधि ट्रेन्ड्स टु किल (टीटुके)ले जितेको छ । ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजमा शनिबार र आइतबार सम्पन्न प्रतियोगितामा टीटुकेले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

टीटुकेले १० खेलमा दुई वटा ‘विनर विनर चिकेन डिनर’ सहित कुल ११३ अंक जोड्दै उपाधि जितेको हो । विजेता बनेसँगै टोलीले ट्रफीसहित नगद रु. ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा द फोर इलिमेन्ट्स (टीफोरई) उपविजेता बन्यो । तीन वटा ‘चिकेन डिनर’ सहित १०४ अंक जोडेको टीफोरईले नगद रु। २० हजार प्राप्त गर्यो । त्यसैगरी, जेरो फियर ई–स्पोट्र्स (जेडएफ)ले तीन वटा ‘चिकेन डिनर’ सहित ९७ अंक जोड्दै तेस्रो स्थान हासिल गर्यो र नगद रु. १० हजार प्राप्त गर्यो ।

प्रतियोगितामा विभिन्न विधाबाट छनोट भएका १६ टोलीको सहभागिता रहेको थियो । ग्लोबल ओपन सिरिज खेलेको चर्चित टोली टीटुके तथा सन् २०२२ को ग्लोबल च्याम्पियनसिपको सेकेन्ड रनरअप टोली एएसएललाई विशेष स्लट प्रदान गरिएको थियो । त्यस्तै, बंगलादेशको राष्ट्रिय च्याम्पियन टोली एवान् आरजीले पनि सहभागिता जनाएको थियो ।

एएसएल र एवान् आरजीले अनलाइनमार्फत प्रतिस्पर्धा गरेका थिए ।

PMWS 3.0_4

गल्र्स क्वालिफायरबाट ६९ ई–स्पोट्र्स र एएमजेडले स्थान बनाएका थिए भने बोइस क्वालिफायरबाट फोरडीएम, टीबीजी, जेडएफ, एसटी, औरा, टीफोरई र पाब्लो ई–स्पोट्र्सले प्रतिस्पर्धा गरेका थिए । साथै, वेस्टमिन्स्टर कलेजको इन्ट्रा कलेज पब्जी प्रतियोगिताबाट छनोट भएको एक टोलीले पनि शो डाउनमा प्रतिस्पर्धा गरेको थियो ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी)’ को उपाधि टीटुकेका इग्नियसले जिते । उनले प्रतियोगिताभर २५ वटा इलिमिनेसन गर्दै उत्कृष्ट व्यक्तिगत प्रदर्शन गरेका थिए । उनलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको व्यवस्थापन ई–स्पोट्र्स हब अफिसियल तथा ब्रोडकास्ट पार्टनर मिथिकल ई–स्पोट्र्स रहेको थियो । हरेक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगितामा दर्शकहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो । वेस्टमिन्स्टर कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै आएको छ। कलेजले आगामी शैक्षिक सत्रहरूमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने कलेजका इभेन्ट्स एण्ड इन्गेजमेन्ट म्यानेजर सुवार गौलीले जानकारी दिए ।
 

मंगलबार, ०२ असार २०८३, १३ : ०५

प्रतिक्रिया