नेपाली घरपरिवारलाई लक्षित गर्दै एलजीको ‘इसेन्सियल सिरिज’ सार्वजनिक

मंगलबार, ०२ असार २०८३, १७ : २५

काठमाडौं- एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स नेपालसँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै नयाँ घरेलु उपकरणहरूको शृंखला ‘एलजी इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ ।

काठमाडौंस्थित भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममा उक्त शृंखलाको औपचारिक अनावरण गरिएको हो । “हरेक घरको खुशी, घर–घरमा एलजी” अभियान अन्तर्गत सार्वजनिक गरिएको यस शृंखलाले आधुनिक प्रविधि, उच्च कार्यक्षमता, टिकाउपन तथा किफायती मूल्यको संयोजनमार्फत नेपाली परिवारको दैनिक जीवनलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ ।

नयाँ शृंखलामा विशेष रूपमा नेपाली घरपरिवारका लागि डिजाइन गरिएका डबल डोर रेफ्रिजरेटर, पूर्ण स्वचालित माथिबाट कपडा हाल्ने धुने मेसिन तथा कोठा शीतलन यन्त्र (एयर कन्डिसनर) समावेश छन् ।

कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्सबीचको लामो सहकार्यले नेपाली उपभोक्तालाई गुणस्तरीय तथा विश्वसनीय उत्पादन उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले इसेन्सियल सिरिजले नेपाली उपभोक्ताको दैनिक जीवनलाई थप सहज र सुविधाजनक बनाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, एलजी इलेक्ट्रोनिक्स सिंगापुरका गृह उपकरण समाधान विभागका उत्पादन निर्देशक चाङ्हो हानले नेपाली उपभोक्ताबाट प्राप्त सुझाव र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर इसेन्सियल सिरिज विकास गरिएको जानकारी दिए । आधुनिक डिजाइन र भरपर्दो कार्यसम्पादनको संयोजनले नेपाली परिवारको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उनको भनाइ थियो ।

WhatsApp Image 2026-06-16 at 5.21.58 PM (1)

नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित उत्पादन

एलजी इसेन्सियल सिरिज डबल डोर रेफ्रिजरेटरमा फ्रोस्ट–फ्री प्रविधि समावेश गरिएको छ, जसले बरफ जमेर सफा गर्नुपर्ने झन्झट हटाउने कम्पनीले जनाएको छ। स्मार्ट मोड सुविधामार्फत मौसमअनुसार स्वतः तापक्रम नियन्त्रण हुने व्यवस्था गरिएको छ। साथै, अघिल्ला मोडेलको तुलनामा करिब २० प्रतिशत बढी तरकारी तथा खाद्य सामग्री भण्डारण क्षमता रहेको बताइएको छ।

त्यसैगरी, एलजी इसेन्सियल सिरिज पूर्ण स्वचालित माथिबाट कपडा हाल्ने धुने मेसिन नेपाली भौगोलिक तथा वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको दाबी छ । यसमा प्रोसिल्ड मोटर, बल्क मोल्डिङ कम्पाउन्ड आवरण तथा पानी प्रतिरोधी नियन्त्रण प्यानल जस्ता विशेषता समावेश छन् । कम पानीको चापमा पनि प्रभावकारी रूपमा सञ्चालन हुने प्रविधि प्रयोग गरिएको जनाइएको छ ।

यस्तै, एलजी इसेन्सियल सिरिज कोठा शीतलन यन्त्र ऊर्जा दक्ष प्रविधिमा आधारित रहेको कम्पनीले जनाएको छ । यसले प्रभावकारी रूपमा चिस्यान तथा ताप व्यवस्थापन गर्ने क्षमता राख्छ । परम्परागत यन्त्रको तुलनामा कम विद्युत् खपत हुने तथा वातावरणमैत्री शीतलक ग्यास प्रयोग गरिएको कम्पनीको भनाइ छ । न्यून आवाजका कारण प्रयोगकर्ताले थप आरामदायी अनुभव प्राप्त गर्न सक्ने जनाइएको छ ।

कम्पनीका अनुसार एलजी इसेन्सियल सिरिजका उत्पादनहरू नेपालभर उपलब्ध भइसकेका छन् । प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुने बताइएको छ । उत्पादनहरू आधिकारिक एलजी ब्रान्ड पसल, बहुब्रान्ड बिक्री केन्द्र तथा प्रमुख विद्युतीय व्यापार मञ्चमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजीका उत्पादनहरूको आधिकारिक वितरण गर्दै आएको छ । कम्पनीले नयाँ इसेन्सियल सिरिजमार्फत नेपाली उपभोक्तालाई आधुनिक, भरपर्दो र किफायती घरेलु उपकरण उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

मंगलबार, ०२ असार २०८३, १७ : २५

प्रतिक्रिया