चितवन- भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारी संस्था खारेज गरेको छ। खारेज गरिएका अधिकांश सहकारी कृषि, दुग्ध तथा मौरीपालन क्षेत्रमा आबद्ध रहेका थिए।
महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख रोजी केसीका अनुसार नियमित रूपमा विवरण पेश नगर्ने, लेखापरीक्षण नगर्ने तथा साधारणसभा सञ्चालन नगर्ने सहकारी संस्थालाई खारेजीको प्रक्रिया अपनाइएको हो।
महानगरभित्र यसअघि ३६३ सहकारी संस्था रहेकामा २९ संस्था खारेज भएसँगै अब सहकारीको संख्या ३३४ मा झरेको छ। महानगरले सहकारी क्षेत्रलाई व्यवस्थित र उत्तरदायी बनाउन निष्क्रिय संस्थामाथि निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया